images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • मिटरब्याज आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने...

मिटरब्याज आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

मिटरब्याज आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ- सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरुको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदनहरू गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।बैठकले विपद् खोज तथा उद्धार कार्यमा खटिने सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। यसैगरी नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको कामसमेत गर्ने गरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताए।

    images
    images

    बैठकले बिउ बिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। यसैगरी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्न सफल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकहरूलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिने निर्णय समेत भएको प्रवक्ता पोखरेलले जानकारी दिए।प्रवक्ता पोखरेलले बिभिन्न सञ्चारमाध्यम अगाडी गरिएको शंकास्पद पार्किङको घटनामा जोसुकै भए पनि कानुनबमोजिम कारवाही हुने स्पष्ट पारे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend