images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न...

बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग

बेवारिसे गाडी प्रकरणको निष्पक्ष छानबिन गर्न जनार्दन शर्माको माग

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौँ। प्रलोपाका संरक्षक तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले प्रमुख सञ्चारमाध्यम र प्रमुख प्रतिपक्षी दलका सभापतिको निवासअगाडि बेवारिसे गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शर्माले असार २९ गते देशका प्रमुख सञ्चारमाध्यम तथा प्रमुख प्रतिपक्षी दलका सभापतिको निवासअगाडि आवागमन अवरुद्ध हुने गरी बेवारिसे गाडी पार्किङ गरेर आतङ्क सिर्जना गरिएको भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

    images
    images

    उनले उक्त घटनामा सत्ता पक्षकै संलग्नता रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै नागरिकको सूचनाको हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अवरोध सिर्जना गर्ने र प्रतिपक्षी दललाई निस्तेज पार्ने प्रकृतिको घटना भएकाले यो क्षमायोग्य हुन नसक्ने बताएका छन्।शर्माले घटनाको तत्काल निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न तथा दोषी पहिचान गरेर कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend