images

२०८३ आश्विन २९ गते

images
images
images
  • समाचार
  • मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’...

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटन

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटन

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • विराटनगर । नेपालकै अग्रणी टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार विस्तारलाई तीव्रता दिँदै मोरङको कञ्चनबारीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’सँगको सहकार्यमा सञ्चालनमा आएको यस आधुनिक शोरूमले मोरङ र आसपासका क्षेत्रका स्थानीय घरधनी, निर्माण व्यवसायी तथा इन्टेरियर डिजाइनरहरूलाई विश्वस्तरीय वाल, फ्लोर र बाथवेयर सोलुसन्स (Solutions) उपलब्ध गराउने लक्ष्य राखेको कम्पनीले जनाएको छ । 

    images
    images

    शोरूमको उद्घाटन विशेष समारोबीच सम्पन्न भयो । कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सको व्यवस्थापन टोलीले संयुक्त रूपमा रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए ।आकर्षक र ग्राहक-मैत्री ढाँचामा सजाइएको यस शोरूमले खरिदकर्ताहरूलाई ‘प्रिमियम सपिङ’ को अनुभव प्रदान गर्ने कार्यक्रममा जानकारी दिइयो । यहाँ ग्राहकहरूले विभिन्न अत्याधुनिक टायल्सका प्याटर्न, टेक्सचर र फिनिसिङलाई प्रत्यक्ष रूपमा हेरेर आफ्नो घर वा व्यावसायिक परियोजनाका लागि उत्कृष्ट डिजाइन सहजै रोज्न सक्नेछन् ।

    उद्घाटनका क्रममा कजारिया रमेश टायल्सका प्रतिनिधिले भने— “अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको यो साझेदारी मोरङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू पुर्‍याउने हाम्रो निरन्तर प्रयासको एउटा महत्त्वपूर्ण खुड्किलो हो । यस शोरूममार्फत ग्राहकले आफ्नो परिकल्पना अनुरूपको सुन्दर र बलियो संरचना निर्माणका लागि आधुनिक टायल्स सहजै प्राप्त गर्नुहुनेछ ।”कजारिया रमेश टायल्सले उन्नत प्रविधि र विश्वस्तरीय मापदण्ड अनुरूप नेपालकै सबैभन्दा ठूलो टायल उद्योग स्थापना गरी स्वदेशी उत्पादनलाई नयाँ उचाइ दिएको छ । कम्पनीले प्राप्त गरेका उपलब्धिहरू निम्न छन्:

    images
    images
    • अन्तर्राष्ट्रिय मान्यता: ‘सुपरब्रान्ड २०२५’, ‘एशियाज मोस्ट प्रमिसिङ ब्रान्ड’ र विश्वका शीर्ष ८ टायल उत्पादकमध्ये एक ।

    • प्रमाणीकरण: ISO 9001:2015 र ISO 14001:2015 प्रमाणित, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्य ।

    • पुरस्कार: प्रतिष्ठित ‘NS Quality Award 2026’ बाट सम्मानित ।

    हाल कजारियाको नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल रहेको छ । कञ्चनबारी शोरूममा ३,००० भन्दा बढी आधुनिक डिजाइनका विकल्पहरू उपलब्ध छन् । यहाँका उत्पादन यस्तो छ-

    • ग्लेज्ड भिट्रिफाइड टायल्स: (60×120 cm, 60×60 cm, 40×40 cm)

    • सेरामिक वाल टायल्स: (30×60 cm, 30×45 cm HD Polished)

    • हेभी ड्युटी भिट्रिफाइड टायल्स: (40×40 cm, 12 mm)

    यी टायल्सहरू आफ्नो असाधारण मजबुती, पानी र दाग प्रतिरोधी क्षमताका लागि प्रख्यात छन् । कञ्चनबारीस्थित यो नयाँ शोरूम अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला भइसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend