images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ४४ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम...

४४ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम (सूचीसहित)

४४ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम (सूचीसहित)

images
images
मंगलवार, आषाढ ३० २०८३
मंगलवार, आषाढ ३० २०८३
  • काठमाडौं। आज मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्मदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही र आसपास गरी ३९ जिल्लामा बग्ने साना नदीको प्रवाह बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ ।

    images
    images

    गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बग्ने साना नदीको गति बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ ।चितवन, तनहुँ, कास्की, स्याङजा, सुर्खेत र आसपासका जिल्ला भइ बग्ने साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको बताइन्छ ।बाढीविद् विनोद पराजुलीले बुधबार र बिहीबार सात प्रदेशका साना नदी प्रवाह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend