काठमाडौँ, ३० असार । म्याग्दीको घोरेपानीमा २५८ मिलिमिटर तथा नवलपुरको दुम्क्यौलीमा २१५ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ। सिन्धुली, उदयपुर र सुनसरीमा पनि १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारीका अनुसार चितवन क्षेत्रमा रातिसम्म वर्षा जारी रहने सम्भावना छ।
आज पनि भारी वर्षाको सम्भावना
मौसम विभागका अनुसार आज मङ्गलबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा ती प्रदेशका तराई क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा पनि भारी वर्षा हुन सक्ने जनाइएको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रही मेघगर्जन तथा चट्याङसहित वर्षा हुने पूर्वानुमान छ। हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ।
मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल तराई नजिक उत्तरतर्फ सरेका कारण बागमती र गण्डकी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको हो।




.gif)





