images

२०८३ आश्विन २५ गते

images
images
images

भूमि मन्त्रालयको एकीकृत ड्यासबोर्ड सार्वजनिक,

भूमि मन्त्रालयको एकीकृत ड्यासबोर्ड सार्वजनिक,

सेवा र कार्यप्रगति अब एकै स्थानबाट हेर्न सकिने

images
images
बिहिवार, आषाढ २५ २०८३
बिहिवार, आषाढ २५ २०८३
  • काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्नो सेवा प्रवाह र कार्यप्रगतिको विवरण नागरिकले सहज रूपमा हेर्न सकून् भन्ने उद्देश्यले एकीकृत ड्यासबोर्ड सार्वजनिक गरेको छ।

    images
    images

    मन्त्रालयका अनुसार नयाँ ड्यासबोर्डमार्फत समस्याग्रस्त सहकारीहरूको बचत फिर्ता तथा ऋण असुली, सुकुम्बासीलाई लालपुर्जा वितरण, स्थानीय तहबाट प्रदान हुने नापी–मालपोत सेवा, सहकारी अनुगमन तथा निजामती अस्पताल सेवा प्रदेशमा विस्तार सम्बन्धी विवरण एकै स्थानबाट अवलोकन गर्न सकिनेछ।

    त्यसैगरी, रावल आयोगको प्रतिवेदन कार्यान्वयनको प्रगति, भोगाधिकार सम्बन्धी कार्य, गुठी जग्गा अतिक्रमण नियन्त्रणका गतिविधि तथा ‘मेरो कित्ता’ मोबाइल एपसँग सम्बन्धित सेवासमेत ड्यासबोर्डमा समावेश गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

    images
    images

    मन्त्रालयका अनुसार ड्यासबोर्डमार्फत मन्त्रालयका कामकारबाही र कार्यसम्पादनको प्रगति सार्वजनिक रूपमा उपलब्ध हुने भएकाले सेवा प्रवाहलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, नागरिकले मन्त्रालयका प्रमुख कार्यक्रम तथा उपलब्धिहरूको अद्यावधिक जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend