बुटवल । एलजी इलेक्ट्रोनिक्स र यसको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ एलजी इसेन्टियल सिरिज सार्वजनिक गरेका छन् । ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत बुटवलमा आयोजित एक विशेष कार्यक्रमबीच यी उत्पादनहरूको अनावरण गरिएको हो ।नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन र एयर कन्डिसनरहरू समावेश छन् ।
कमपनीकाअनुसार रेफ्रिजेरेटरमा फ्रस्ट–फ्री प्रविधि र स्मार्ट मोड सुविधा छ, जसले मौसमअनुसार चिस्यान नियन्त्रण गर्छ । यसमा पहिलेको तुलनामा २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता रहेको छ ।वासिङ मेसिनमा कम पानीको चापमा पनि चल्ने लो प्रेसर फिल टेक्नोलोजी र पानीबाट सुरक्षित रहने आईपीएक्स४ प्रमाणित कन्ट्रोल प्यानल यसका विशेषता हुन् ।
एयर कन्डिसनरमा ऊर्जा–दक्ष यो एसीले बिजुलीको खपत कम गर्छ र वातावरणमैत्री आर३२ रेफ्रिजेरन्टको प्रयोग गरिएको छ ।कम्पनीका अनुसार यी उत्पादनहरूको मूल्य ४९ हजार ६९० बाट सुरु हुनेछ । जुन २०२६ देखि नेपालभरका एलजी ब्रान्ड शप, रिटेल आउटलेट र ई–कमर्स प्लेटफर्महरूमा उपलब्ध हुनेछन् ।विगत चार दशकदेखि सिजि इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूलाई नेपालको अग्रणी र विश्वासिलो ब्रान्डका रूपमा स्थापित गर्दै आएको छ ।




.gif)



