images

२०८३ कार्तिक २ गते

images
images
images
  • समाचार
  • कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ...

कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’

कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौँ । टेकुस्थित कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’ मञ्चन भइरहेको छ । कथा घेराको प्रस्तुति नाटक असार ७ गतेदेखि नियमित मञ्चन सुरु भएको हो । नाटकका लेखक, डिजाइनर तथा निर्देशक मिल्सन डी.चाम्लिङ रहेका छन् ।दुई कलाकारको अभिनयमा आधारित नाटकले फरक–फरक कालखण्डका तीन कथालाई एउटै भावनात्मक सूत्रमा बाँधेर प्रस्तुत गर्नेछ । नाटकमा मिथक, कला, विभिन्न भाषा तथा बोली र सिनेम्याटिक दृश्य संयोजन मार्फत कथा, पीडा, स्मृति र प्रतीक्षाका अनुभूतिलाई रङ्गमञ्चमा उतार्ने प्रयास गरिएको छ ।

    images
    images

    नाटकमा वेदना राई र प्रयास बान्तवा राईको अभिनय रहनेछ । उत्पादन प्रमुख तथा सहायक निर्देशनको जिम्मेवारी रञ्जना भट्टराईले सम्हालेकी छन् भने पृष्ठभूमि सङ्गीत अनुराग कोइँचले तयार गरेका छन् ।थिएटरका अनुसार नाटक मङ्गलवार बाहेक असार २८ गतेसम्म प्रत्येक दिन साँझ ५ः १५ बजे मञ्चन हुनेछ । शनिबार भने अतिरिक्त रूपमा दिउँसो १ बजे पनि मञ्चन हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend