images

२०८३ कार्तिक २ गते

images
images
images
  • समाचार
  • शिक्षा र स्वास्थ्यमा करको बोझ नबढ्ने...

शिक्षा र स्वास्थ्यमा करको बोझ नबढ्ने गरी नीति बनाइन्छ : अर्थमन्त्री वाग्ले

शिक्षा र स्वास्थ्यमा करको बोझ नबढ्ने गरी नीति बनाइन्छ : अर्थमन्त्री वाग्ले

images
images
सोमवार, आषाढ १५ २०८३
सोमवार, आषाढ १५ २०८३
  • काठमाडौँ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रलाई असर नपर्ने गरी सरकारले कर तथा आर्थिक नीति अघि बढाउने बताएका छन्।प्रतिनिधिसभामा आइतबार आर्थिक विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले स्वास्थ्य सेवा क्षेत्रमा कार्यरत चिकित्सक तथा अन्य पेसाकर्मीमाथि अत्यधिक कर लगाउँदा उनीहरू कर छल्न वा अनौपचारिक अर्थतन्त्रतर्फ जान सक्ने भएकाले सरकारले करको दरलाई व्यावहारिक बनाएको बताए।उनले विगतमा ३६ देखि ३९ प्रतिशतसम्म रहेको उच्च आयकरको अतिरिक्त दर घटाएर २७ प्रतिशत कायम गरिएको उल्लेख गर्दै यसले चिकित्सक, वकिललगायत उच्च आय भएका पेसाकर्मीलाई स्वेच्छाले कर तिर्न प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे।

    images
    images

    अर्थमन्त्रीका अनुसार अत्यधिक कर दरले राजस्व बढाउनेभन्दा कर छल्ने प्रवृत्ति बढाउने भएकाले अन्तर्राष्ट्रिय अभ्यासअनुसार उचित कर दर कायम गरिएको हो। ‘करको दर यथोचित हुँदा स्वेच्छिक कर अनुपालन बढ्छ र अन्ततः राजस्व पनि वृद्धि हुन्छ,’ उनले भने।यसैगरी, विद्युत् सेवामा करसम्बन्धी व्यवस्थारे बोल्दै उनले उपभोक्तामाथि अतिरिक्त आर्थिक भार नपर्ने गरी मूल्य समायोजन गर्ने सरकारको नीति रहेको बताए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend