काठमाडौं । अविरल वर्षासँगै आएको बाढी, पहिरो र सडक मर्मत कार्यका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।सोमबार बिहानको अद्यावधिक विवरणअनुसार विभिन्न जिल्लाका प्रमुख सडकहरू पूर्ण तथा आंशिक रूपमा ठप्प हुँदा यात्रुहरू गन्तव्यमा पुग्न सास्ती खेपिरहेका छन्।
कुन सडकको अवस्था कस्तो छ?
कोशी प्रदेश:
इलाम (मेची राजमार्ग): पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। असार १३ गतेदेखि इलाम नगरपालिका-९ स्थित राजदुवालीमा खसेको पहिरोका कारण यो राजमार्गमा सवारी साधन चल्न सकेका छैनन्। सडक खुलाउने प्रयास भइरहेको छ।भोजपुर (मध्य पहाडी लोकमार्ग): भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण मध्य पहाडी लोकमार्ग प्रभावित भएको छ। गत वैशाख १२ गतेदेखि नै अवरुद्ध यो सडक हाल एकतर्फी मात्र सुचारु छ। यद्यपि, यहाँ वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।
बागमती प्रदेश:
काभ्रेपलाञ्चोक (बीपी राजमार्ग): सम्भावित बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गको निश्चित सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जेठ २२ गतेदेखि लागू हुने गमकवानपुर (कुलेखानी-फाखेल-हुमाने-फर्पिङ सडक): हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो दूरीको यो सडक खण्ड पूर्ण रूपमा बन्द गरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ र ४ स्थित महालक्ष्मी क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले जेठ १५ गतेदेखि नै यो बाटो बन्द गरिएको हो। मर्मत कार्य नसकिएकाले अझै एक महिनासम्म यो सडक खण्ड पूर्ण रूपमा बन्द रहने जनाइएको छ।मनसुन सक्रिय भएसँगै राजमार्गहरूमा जोखिम बढेकाले अधिकारीहरूले अत्यावश्यक कामबाहेक यात्रा गर्दा सडकको अवस्था बुझेर मात्र निस्कन यात्रुहरूलाई आग्रह गरेका छन्।




.gif)





