images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • टेलिकमको नयाँ सदस्यता सेवा आजदेखि, मासिक...

टेलिकमको नयाँ सदस्यता सेवा आजदेखि, मासिक प्याकेज स्वतः नवीकरण हुने

टेलिकमको नयाँ सदस्यता सेवा आजदेखि, मासिक प्याकेज स्वतः नवीकरण हुने

images
images
आइतवार, आषाढ १४ २०८३
आइतवार, आषाढ १४ २०८३
  • काठमाडौं । सरकारले सार्वजनिक सेवा थप सहज र डिजिटल बनाउने लक्ष्यअनुसार नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित (सब्स्क्रिप्सन) नयाँ सेवा सुरु गर्ने भएको छ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमलसिनाले सामाजिक सञ्जालमार्फत सरकारको १०० दिने कार्यसूचीअन्तर्गत यो सेवा कार्यान्वयनमा ल्याइएको जानकारी दिएका हुन्।

    images
    images

    नयाँ व्यवस्थाअनुसार नेपाल टेलिकमका प्रिपेडसहित सबै सेवाग्राहीले विभिन्न मासिक प्याकेजमा सदस्यता लिन सक्नेछन्। एकपटक सदस्यता लिएपछि हरेक महिना पुनः प्याकेज सक्रिय (सब्स्क्राइब) गरिरहनुपर्ने झन्झट हट्नेछ। प्रणालीले स्वतः नवीकरण हुने व्यवस्था मिलाइने भएकाले ग्राहकलाई सेवा प्रयोग गर्न थप सहज हुने विश्वास गरिएको छ।

    मन्त्री तिमलसिनाले नयाँ सेवा डिजिटल सेवाको पहुँच विस्तार र सेवाग्राहीको सुविधा अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको बताए। उनका अनुसार यसले नियमित डेटा, भ्वाइस तथा अन्य सेवा प्रयोग गर्ने ग्राहकलाई सरल र व्यवस्थित सेवा उपलब्ध गराउनेछ।

    images
    images

    नेपाल टेलिकमले नयाँ सदस्यता–आधारित प्याकेज, शुल्क, उपलब्ध सुविधा, नवीकरण प्रक्रिया तथा अन्य सर्त–प्रावधानबारे विस्तृत विवरण आज सार्वजनिक गर्ने जनाएको छ।

    सरकारले पछिल्लो समय डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै सार्वजनिक सेवामा प्रविधिमैत्री सुधारका कार्यक्रम अघि बढाइरहेको छ। टेलिकमको यो नयाँ सेवा पनि सोही अभियानअन्तर्गत सेवाग्राहीलाई सहज, निरन्तर र झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्यका साथ सुरु गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend