images

२०८३ कार्तिक ३ गते

images
images
images
  • समाचार
  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौं । सरकारले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ ।अर्थ मन्त्रालय अन्तर्गतको ‘कार्यकारी निर्देशक छनोट तथा सिफारिस समिति’ ले बिहीबार एक सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो ।प्रकाशित सूचना अनुसार, इच्छुक उम्मेदवारले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात् आगामी २०८३ असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

    images
    images

    आवेदन फाराम र आवश्यक कागजातहरू अर्थ मन्त्रालय, सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सिलबन्दी गरी बुझाउनुपर्नेछ ।कार्यकारी निर्देशक पदका लागि आवेदन दिने उम्मेदवारको योग्यता ‘नागरिक लगानी कोष ऐन, २०४७’ र ‘अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ बमोजिम हुनुपर्नेछ ।उम्मेदवारले दरखास्तका साथ आफ्नो शैक्षिक योग्यता, अनुभवका कागजात, नागरिकताको प्रतिलिपि र वैयक्तिक विवरण पेस गर्नुपर्नेछ ।

    छनोट प्रक्रियालाई प्रभावकारी बनाउन उम्मेदवारले कोषको सुधार र विकासका लागि बढीमा ५ हजार शब्दको ‘व्यावसायिक कार्य योजना’ समेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ । प्रारम्भिक छनोट (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूले उक्त कार्य योजनाको प्रस्तुतीकरण समेत गर्नुपर्ने सूचनामा उल्लेख छ ।दरखास्तका लागि ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ, जुन राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको मन्त्रालयको राजस्व खातामा जम्मा गर्नुपर्नेछ ।नियुक्त हुने कार्यकारी निर्देशकको सेवा सुविधा र पारिश्रमिक दुई पक्षबीच हुने करार सम्झौता बमोजिम निर्धारण गरिने जनाइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend