images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ खिच्दै...

बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले ७५ दिनको लागि ४५ अर्ब निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

    images
    images

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो ७५ दिने निक्षेप संकलन उपकरणको आउँदो भदौ २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend