images

२०८३ कार्तिक ३ गते

images
images
images
  • समाचार
  • समता एजुकेशन फाउन्डेसनलाई आईएमई लाइफले गर्‍यो...

समता एजुकेशन फाउन्डेसनलाई आईएमई लाइफले गर्‍यो ५ लाख रुपैयाँ सहयोग

समता एजुकेशन फाउन्डेसनलाई आईएमई लाइफले गर्‍यो ५ लाख रुपैयाँ सहयोग

images
images
शुक्रवार, आषाढ १२ २०८३
शुक्रवार, आषाढ १२ २०८३
  • काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले फाउन्डेसनलाई आर्थिक सहयोग गरेको कम्पनीले जनाएको छ ।समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।

    images
    images

    सोही प्रतिबद्धताको निरन्तरतास्वरूप प्रदान गरिएको उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसन अन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनमा परिचालन गरिनेछ ।समता एजुकेशन फाउन्डेसनले विगत लामो समयदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ ।यस सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन तथा भविष्यमा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको आईएमईले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend