images

२०८३ कार्तिक ३ गते

images
images
images
  • समाचार
  • ट्राफिक नियम उल्लंघन गरेपछि प्रहरीकै गाडी...

ट्राफिक नियम उल्लंघन गरेपछि प्रहरीकै गाडी कारबाहीमा

ट्राफिक नियम उल्लंघन गरेपछि प्रहरीकै गाडी कारबाहीमा

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौं,  ११ असार । ट्राफिक नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले नेपाल प्रहरीकै एउटा सवारीसाधनलाई कारबाही गरेको छ। फुटपाथमा पार्किङ गरिएको बीएसी ३६४१ नम्बरको प्रहरी गाडीलाई नियमविपरीत सवारी रोकिएको पाइएपछि कारबाही गरिएको हो।

    images
    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको जानकारी अनुसार उक्त सवारीसाधन पैदलयात्रीका लागि छुट्याइएको फुटपाथमा रोकिएको अवस्थामा भेटिएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको हो। ट्राफिक व्यवस्थापनमा निष्पक्षता कायम राख्ने उद्देश्यले नियम उल्लंघन गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिने कार्यालयले जनाएको छ।

    ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा पैदलयात्रीको आवागमन सहज बनाउन फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङविरुद्ध नियमित निगरानी तथा कारबाही अभियान सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत प्रहरी संगठनकै सवारीसाधनलाई समेत छुट नदिई कारबाही गरिएको बताइएको छ।

    images
    images

    कार्यालयले ट्राफिक नियम सबैका लागि समान रहेको उल्लेख गर्दै सरकारी, निजी तथा सुरक्षा निकायका सवारीसाधन समेत नियमको दायराभित्र रहेर सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। साथै सडक प्रयोग गर्ने सबै चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै नियम उल्लंघन गरे कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।

    ट्राफिक प्रहरीका अनुसार कानुन कार्यान्वयनमा निष्पक्षता र समान व्यवहार कायम राख्दै सुरक्षित, व्यवस्थित र सभ्य यातायात प्रणाली निर्माणका लागि यस्ता कारबाहीलाई निरन्तरता दिइनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend