images

२०८३ कार्तिक ३ गते

images
images
images

डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व

डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौँ ।  डेरी उद्योग संघ (डेरी इन्डस्ट्रिज एसोसिएसन) को अध्यक्षमा निरञ्जन श्रेष्ठ चयन भएका छन् । काठमाडौँमा सम्पन्न सङ्घको १७औँ वार्षिक साधारणसभाले सुजल डेरी प्रालि पोखराका सञ्चालक श्रेष्ठको नेतृत्वमा आगामी दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।यसअघि राजधानी डेरी प्रालिका राजकुमार दाहाल अध्यक्ष थिए । त्यसैगरी उपाध्यक्ष पदमा आधुनिक डेरी प्रो.प्रालिका विश्वराज बस्नेत, महासचिवमा जयश्री कृष्ण डेरी उ. प्रालिका सुरज सापकोटा र कोषाध्यक्षमा संयुक्त डेरी फुड प्रालिका कुलप्रसाद घिमिरे चयन भएका छन्  ।

    images
    images

    कार्यसमिति सदस्यहरूमा वी.डी.सी.फुड (भवानी डेरी) प्रा.लि.का देवरथ बराल, सैजु डेरी प्रा.लि.का जेनन सैजु, मदानी डेरी प्रा.लि.का माधव दाहाल, एन.एम.सी.डेरी उद्योगका रामचन्द्र उप्रेती, पञ्चशील डेरी प्रा.लि.का पुष्पराज बस्नेत र कालिका डेरी .प्रा.लि.का शिव प्रसाद त्यात रहेका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend