images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ठगीको...

रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ठगीको आरोप

रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ठगीको आरोप

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौँ । काठमाडौँ लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्षमाथि ६ लाख ८३ हजार ८९१ रुपैयाँ ठगी गरेको एक बचतकर्ताले आरोप लगाएकी छन्  । सहकारीबाट पीडित सानु सापकोटाले सहकारीमा बचत गरेको रकम निवर्तमान अध्यक्ष आङबाबु राईले ठगेको भन्दै रुरल सहकारीका हालका सञ्चालक समिति अध्यक्ष र काठमाडौँ महानगरपालिकामा उजुरी दिएकी छन् । निवेदनमा निवर्तमान अध्यक्षले ‘राम्रो ब्याज दिन्छु’ भन्दै विभिन्न समयमा रकम लिई सहकारीको पासबुकमा जम्मा गरिदिएको तर पछि रकम फिर्ता नगरी सम्पर्कविहीन भएको उल्लेख गरेका छन् ।

    images
    images

    पीडित सानु सापकोटाले रुरल डेभलपमेन्टका निवर्तमान अध्यक्षले फिर्ता रकम दिन भन्दै सिटिजन बैंक इन्टरनेसनल लिमिटेड, नयाँबजार शाखास्थित खाता नम्बर ०१५०१००००००३९०३० बाट २०७९ साल वैशाख १५ गते २ लाखको चेक काटेर दिएका थिए । तर उक्त चेक हालसम्म साटिन नसकेको र बाँकी रकमसमेत फिर्ता नपाएको भन्दै उजुरी दिएका छन् । उजुरी दिएपछि अध्यक्ष राई सम्पर्कबाहिर रहेको उनले बताइन् ।पीडितको निवेदनअनुसार निवर्तमान अध्यक्ष राईले विभिन्न मितिमा आफूबाट कुल रु ६,८३,८९१ लिए पनि फिर्ता गर्ने वाचा पूरा गरेका छैनन्। उल्टै रकम भुक्तानीका लागि दिइएको चेकसमेत बैङ्कमा साटिन नसकेको दाबी गरिएको छ। निवेदनमा अध्यक्ष ‘रकम फिर्ता नगरी भागिरहेको’ आरोपसमेत लगाएकी छिन् ।वेदनमा भनिएको छ, ‘सहकारीका निवर्तमान अध्यक्षले आफूजस्ता सर्वसाधारण बचतकर्ता मात्र नभई अन्य बचतकर्ता र सञ्चालकहरूको रकमसमेत ठगी गरेको जानकारी पछि मात्रै खुलेको हो। सोही आधारमा पीडितले आफ्नो रकम फिर्ता र ठगी कसुरअन्तर्गत कारबाहीको माग गरेका छन्।’

    p2

    images
    images
    Arghakhachi Cement

    p3

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend