images

२०८३ कार्तिक ३ गते

images
images
images
  • समाचार
  • ब्याग प्रकरणमा सबिना काफ्लेको गुनासो, ‘नयाँलाई...

ब्याग प्रकरणमा सबिना काफ्लेको गुनासो, ‘नयाँलाई हेर्ने दृष्टिकोण पुरानै छ’

ब्याग प्रकरणमा सबिना काफ्लेको गुनासो, ‘नयाँलाई हेर्ने दृष्टिकोण पुरानै छ’

images
images
बिहिवार, आषाढ ११ २०८३
बिहिवार, आषाढ ११ २०८३
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)की पत्नी सबिना काफ्लेले आफ्नो एउटा तस्बिरलाई लिएर सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाएकी छिन् ।चितवनमा जारी रास्वपा महाधिवेशनमा सहभागी भई काठमाडौं फर्किने क्रममा सुरक्षाकर्मीले उनको ब्याग बोकेको भन्दै सार्वजनिक भएको फोटोप्रति उनले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएकी हुन् ।उनले उक्त ब्याग आफ्नो नभई सम्बन्धित सुरक्षाकर्मीकै निजी ब्याग भएको दाबी गरेकी छिन् । ‘जुन सुरक्षाकर्मीले त्यो ब्याग बोकेका छन्, त्यो ब्याग उनकै निजी हो,’ प्रधानमन्त्री पत्नी सबिनाले भनेकी छिन्, ‘तर यहाँ अनेक शंका र अड्कलबाजीले मेरो चरित्र हत्या गर्न खोजिएको छ ।’

    images
    images

    आफूविरुद्ध नियोजित रूपमा समाचार सम्प्रेषण गरिएको आरोप लगाउँदै उनले घटनाको सत्यता नबुझी समाचार लेखिएकोमा दुख व्यक्त गरेकी छिन् । विशेष गरी महिलाको चरित्र हत्या गरेर चर्चामा आउन चाहने मिडियाबाट यस्तो प्रचार सुरू गरिएको उनले लेखेकी छन् ।पछिल्लो समय आफूलाई पुराना पात्रहरूसँग तुलना गरेर अनावश्यक टिप्पणी हुने गरेको भन्दै उनले चित्त दुखाएकी छिन् । उनले भनेकी छिन्, ‘नयाँहरू आए तर नयाँलाई हेर्ने पुरानो दृष्टिकोण अझै उस्तै छ । विगत केही समयदेखि मलाई पुराना पात्रहरूसँग दाँजेर समाचार र कमेन्टहरू भइरहेका थिए, जसमा मैले बोल्नु आवश्यक ठानेकी थिइनँ । तर आजको ब्यागको विषयले मलाई चुप बस्न मन लागेन ।’राजनीति र सार्वजनिक जीवनमा रहेका व्यक्ति वा उनीहरूको परिवारप्रति जनताको चासो र सचेतता हुनु स्वभाविक भए पनि बिनाआधार चरित्र हत्या गर्नु गलत भएको उनले लेखेकी छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend