images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बौद्धको भाटभटेनी...

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बौद्धको भाटभटेनी पुनः सञ्चालनमा

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बौद्धको भाटभटेनी पुनः सञ्चालनमा

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं। जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको बौद्धस्थित भाटभटेनी सुपरस्टोर बुधबारदेखि पुनः सञ्चालनमा आएको छ।२०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी हुँदा स्टोरमा ठूलो क्षति पुगेको थियो। मर्मत तथा पुनर्निर्माण सम्पन्न भएपछि स्टोर पुनः ग्राहकका लागि खुला गरिएको भाटभटेनीले जनाएको छ।भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले बुधबारदेखि नियमित रूपमा सेवा दिन थालेको छ। ग्राहकको सुविधालाई ध्यानमा राखेर आधुनिक सुविधा तथा व्यवस्थित सेवासहित सञ्चालनमा ल्याइएको उनले बताए।

    images
    images

    स्टोर खुलेसँगै ग्राहकको उल्लेख्य उपस्थिति देखिएको छ। दैनिक उपभोग्य वस्तुलगायत आवश्यक सामग्री खरिद गर्न उपभोक्ता पुगेका छन्।जेनजी आन्दोलनका क्रममा भाटभटेनीका ११ वटा स्टोर र बालुवाटारस्थित वेयरहाउसमा आगजनी भएको थियो। तीमध्ये वेयरहाउससहित कोटेश्वर, पोखरा, चितवन र महाराजगञ्जका स्टोर यसअघि नै पुनः सञ्चालनमा आइसकेका छन्। बौद्धस्थित स्टोर सञ्चालनमा आएपछि पुनः सञ्चालन हुने स्टोरको संख्या पाँच पुगेको छ।भाटभटेनीले पुनर्निर्माण अवधिभर साथ र सहयोग गर्ने ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend