काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि नेपाल प्रहरीका कर्मचारीलाई हरेक १५ दिनमा तलबभत्ता दिने नयाँ व्यवस्था लागू गर्ने भएको छ।नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले मंगलबार देशभरका बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई परिपत्र जारी गर्दै अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको निर्देशनअनुसार नयाँ प्रणाली कार्यान्वयन गर्न निर्देशन दिएको हो।
परिपत्रमा उल्लेख भएअनुसार अर्थमन्त्रीस्तरीय निर्णय र महालेखा नियन्त्रक कार्यालयको जेठ २१ गतेको पत्रअनुसार अबदेखि राष्ट्रसेवक कर्मचारीलाई प्रत्येक महिनाको १५ दिन पूरा भएपछि अर्धमासिक रूपमा तलबभत्ता भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ।नेपाल प्रहरी प्रधान कार्यालयले सम्बन्धित सबै कार्यालयलाई सोहीअनुसार आवश्यक तयारी गर्न निर्देशन दिएको छ। साथै, प्रहरी प्रधान कार्यालयअन्तर्गतको कल्याण महाशाखालाई पनि आर्थिक प्रणालीलाई नयाँ भुक्तानी संरचनाअनुसार अद्यावधिक गर्न भनिएको छ।नयाँ व्यवस्थासँगै प्रहरी कर्मचारीले मासिक तलबको सट्टा दुई किस्तामा नियमित रूपमा भुक्तानी पाउनेछन्।




.gif)



