images

२०८३ आश्विन १७ गते

images
images
images
  • बैंक वित्त
  • सिटिजन्स बैंक इन्टरनेसनलमा अनुभवी र विविध...

सिटिजन्स बैंक इन्टरनेसनलमा अनुभवी र विविध पृष्ठभूमिका सञ्चालकहरूको नियुक्ति

सिटिजन्स बैंक इन्टरनेसनलमा अनुभवी र विविध पृष्ठभूमिका सञ्चालकहरूको नियुक्ति

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • विसं. २०६४ साल वैशाख ७ गतेदेखि मुलुकको २० औं वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालै मात्र ८ औ विशेष साधारण सभा सम्पन्न गरेको छ ।८ औ विशेष साधारण सभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना र संस्थापक शेयरधनीका तर्फबाट १ जना गरि जम्मा ४ जना सञ्चालक समेत निर्वाचित गरेको छ ।सर्वसाधारणलाई शेयर वितरण गरेको वर्षदेखि नै शेयरधनीहरुलाई निरन्तररुपमा लाभाँश वितरण गर्न सफल यस बैंकको सञ्चालक समितिमा अनुभवी एवं कुशल व्यवसायिक व्यक्तित्वहरु आवद्द भएका छन् ।

    images
    images

    सञ्चालक समितिको अध्यक्ष सफल युवा व्यवसायीका रुपमा परिचित तथा उघोग वाणिज्य महासंघका उपाध्यक्ष प्रबलजंग पाण्डे हुन् । इन्जिनियरिङ्गमा स्नातकको उपाधि प्राप्त गरेको पाण्डेसँग औषधिमूलक उत्पादन(फार्मास्यूटिकल्स) तथा सिमेन्ट उत्पादनको करिव २० वर्ष भन्दा बढी लामो समयको अनुभव रहेको छ । उनी विभिन्न सामाजिक तथा पेशागत संघसंस्थाहरुमा समेत आवद्ध रहेका छन् ।सञ्चालक समितिका अन्य सदस्यहरु पनि आ–आफ्‌नो क्षेत्रमा सफल एवं विज्ञ व्यक्तिहरु रहेको बैंकले जनाएको छ । सञ्चालक समितिका सदस्य प्रकाशचन्द्र मैनाली देशकै ख्यातिप्राप्त एक संयुक्त लगानीको बाणिज्य बैंकमा करिव ९ वर्ष भन्दा बढी कार्यानुभवका साथै सेवामुलक उद्योग लगायत कुखुरा एवं पंछीजन्य उद्योगमा लामो समयदेखि आवद्ध छन् ।

    बैंकका अर्का सञ्चालक दिग्विजय विष्ट एक कुशल र अनुभवि व्यवसायी हुन् । जसले करिब २५ वर्षभन्दा बढी समयदेखि पूँजीबजार, वित्तीय क्षेत्र र अन्यव्यवसायहरू जस्ता क्षेत्रहरूमा उनको प्रभाव देख्न सकिन्छ ।उनले मियामी युनिभर्सिटी, ओहायो यूएसएबाट एम.बि.ए.डिग्री प्राप्त गरेका छन् । साथै, उनी विभिन्न सामाजिक र व्यावसायिक संस्थाहरूसँग पनि आबद्ध छन् । बैंकका अर्का सञ्चालक अनिल ज्ञवालीसँग बैंकिंग क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको छ ।शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् ।वाणिज्य बैंकमा सहायक प्रबन्धक बाट बैंकिङ पेशा शुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ ।

    images
    images

    फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गर्नुभएका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । ज्ञवाली यस अघि पनि यस बैंकको संचालकमा रहिसकेको अनुभव समेत रहेको छ ।सञ्चालक समितिका सदस्य डा. बिनोद आत्रेय केन्द्रीय बैंकका पूर्व कर्मचारी हुन् । जसले ४० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनले तालिम र विकास, रणनीतिक योजना, मानव संशाधन व्यवस्थापन र सामान्य सेवाहरूको प्रशासन, र सूक्ष्म वित्त (माइक्रो फाइनान्स) सञ्चालन जस्ता क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् । उनले सात वर्षसम्म संघीय राष्ट्रहरूमा संयुक्त राष्ट्र परियोजनाहरूमा काम गरेका छन् र त्यहाँ विभिन्न मन्त्रालयहरूको लागि संस्थागत सुधार र पुनर्संरचना कार्य योजना तयार गरेका छन् ।उनी तीन वर्षभन्दा बढी समय सार्वजनिक क्षेत्रको बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा समेत आवद्ध भई बैंकलाई नाफामुखी बनाउनका लागि सुधार लागु गरेको कार्यानुभव छ ।

    ८ औ विशेष साधारण सभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित भएका सञ्चालक समितिका सदस्य हीमा देवी खड्का केसीसँग विभिन्न अर्न्तराष्ट्रिय विकास संस्थाहरू जस्तै युएनडीपी, आईएलओ, जीआईजेड, अक्सफाम जीबी लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा वरिष्ठ नेतृत्व एवं कार्यक्रम व्यवस्थापकको रुपमा २० वर्षभन्दा बढी अनुभव कार्याअनुभव रहेको छ ।उनले अर्न्तराष्ट्रिय परिपेक्ष्यमा आइपरेका संकट र संकटनिवारण एवं विकासशील सन्दर्भहरूमा कार्यक्रम व्यवस्थापन, रणनीतिक नीतिमा नेतृत्वदायी भूमिका खेलेकी छन् । उनले सबैभन्दा पछिल्लो रूपमा युएनडीपी यमनमा सब–अफिस प्रमुखको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् । उनी आर्थिक पुनरुत्थान, रोजगारी प्रवद्र्धन, एमएसएमई विकास र सामाजिक लचिलोपनमा करिब युएसडी १०० मिलियनको विविध कार्यक्रम पोर्टफोलियाकोे नेतृत्व गरिसकेकी छन् ।उनी आफ्‌नो क्यारियरको दौरानमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको तर्फबाट नेपाल, यमन, अफ्गानिस्तान, तान्जानिया, नाइजेरिया, ताजिकिस्तान, लाओस र जिम्बाब्वे जस्ता देशहरुमा साझेदारी बनाउने, स्रोत जुटाउने, सार्वजनिक–निजी सहयोग, संस्थागत सुदृढीकरण, र समावेशी विकासमा अतुलनिय योगदान पुर्‍याएकी छन् । युवाहरू र महिलाहरूको सशक्तिकरण, वित्तीय समावेशीकरण, र जलवायु प्रतिरोधात्मकता प्रति उनको विशेष लगाव छ । उनले युएनडीपी नेपाल / नेपाल सरकारसँग मिलेर माइक्रो–उद्यमविकास र वित्तीय समावेशीकरण विशेषज्ञ (लिङ्ग र युवा केन्द्रित); डीएफआईडी नेपालमा सामुदायिक वन अधिकारी; र अक्सफाम–भुटानी शरणार्थी सहयोग कार्यक्रमका साथै नेपालमा भुटानी शरणार्थी क्याम्प समन्वयकर्ताका रुपमा सेवा प्रदान गरेको अनुभव छ ।

    ८ औ विशेष साधारण सभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट निर्वाचित भएका अर्का सञ्चालक समितिका सदस्य डा. राजेन्द्र पण्डित, एक प्रतिष्ठित केन्द्रीय बैंकका पूर्व कर्मचारी हुन् ।उनले २० वर्षभन्दा बढी केन्द्रीय बैंकमा विभिन्न तहमा रहेर काम गरिसकेका छन् । उनले केन्दी्रय बैंकमा कार्यरत रहँदा समृद्धि र सुधारका लागि महत्त्वपूर्ण भूमिका निर्भाह गरेका थिए ।विशेषगरी, उनले राष्ट्रको आर्थिक नीति र मौद्रिक रणनीतिहरूको विश्लेषण र विकासमा योगदानपुर्याउनुका साथै, बैंकको विदेश मुद्रानीति, आर्थिक डाटा प्रणाली र वित्तीय समावेशीकरण नीति तयार गर्नको लागि योगदान गरेका छन् ।डा. पण्डित साना व्यवसाय र उद्यमशीलता सम्बन्धी अनुसन्धानमा गहिरो चासो राख्छन् । कोभिड १९ महामारीको असर साना व्यवसायहरूको टिकाउपनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा उनले अनुसन्धान समेत गरेका छन् । डा. पण्डितले पब्लिक पोलिसी र प्रशासनमा पीएचडी गरेका छन् यसकाअतिरिक्त, उनले अर्थशास्त्रमा एमएससीरएमए को अध्ययन र विगत दुई दशकमाथि विश्लेषणात्मक र नीतिविश्लेषणका क्षेत्रहरूमा विशेषज्ञता हासिल गरेका छन् ।

    डा. पण्डितले अमेरिकामा विभिन्न अन्तर्राष्ट्रिय संस्थानहरूसँग काम गर्नु भएको छ । नेपाल र विश्वका प्रमुख सम्मेलनहरूमा प्रस्तुतीकरण गरिसकेका डा. पण्डित एक योग्य प्रशिक्षक, वक्ता, र विभिन्न जर्नलहरूको सम्पादकीय बोर्डका सदस्य समेत हुन् ।डा. राजेन्द्र पण्डितले विभिन्न पुरस्कार र सम्मान समेत प्राप्त गरेका छन्, जसमध्ये २०१७मा प्रबल जनसेवाश्री, २०२४ मालौरा बासी स्कॉलरशिप र २०२३–२४ मा ग्राडुएट स्कूल डिजजर्‌टेसन एसिस्टेन्सशीप प्रमुख छन् । उनले म्यानेजमेन्ट एसोसियसन अफ नेपालको प्रथम उपाध्यक्षको रूपमा समेत भूमिका निर्वाह गरिसकेका छन् । शिक्षण र मार्गदर्शनमा डा. पण्डितले भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा ग्रेजुएट शिक्षण सहायकको रूपमा पाठ्यक्रम संचालन गरेका छन् र काठमाडौं युनिभर्सिटीमा अर्थशास्त्रका विभिन्न विषयहरू पढाएका छन् । उनले भीसीयुका पीएचडी विद्यार्थीहरूको मार्गदर्शन पनि गर्दै छन् । आर्थिक सल्लाहकार र बजेट विशेषज्ञको रूपमा डा. पण्डितले नेपालको अर्थ मन्त्रालयमा कार्य गर्दै बजेट तयारीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए र २०११ को आर्थिक सर्वेक्षण सहलेखन गरेका थिए ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सञ्चालक समितिको संरचनामा अनुभव, व्यावसायिकता र सुशासनलाई उच्च प्राथमिकता दिएको छ । बैंकको सञ्चालक समितिमा वित्तीय क्षेत्रका अनुभवी व्यावसायिकहरू रहेका छन्, जसले बैंकको दीर्घकालीन रणनीति, जोखिम व्यवस्थापन र व्यावसायिक विकासमा सकारात्मक योगदान दिंदै आएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend