images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • कोरियाली अनुभवमा आधारित ट्राफिक सुधार सुझाव...
अर्थसमाचार संवाददाता

कोरियाली अनुभवमा आधारित ट्राफिक सुधार सुझाव प्रतिवेदन ट्राफिक प्रहरीलाई हस्तान्तरण

कोरियाली अनुभवमा आधारित ट्राफिक सुधार सुझाव प्रतिवेदन ट्राफिक प्रहरीलाई हस्तान्तरण

images
images
बुधवार, आषाढ १० २०८३
बुधवार, आषाढ १० २०८३
  • काठमाडौं,१० असार । नेपाल–कोरिया नेपाल उद्यमी व्यवसायी संघ (NKBEA) ले कोरियाको सफल अभ्यासमा आधारित ट्राफिक तथा यातायात व्यवस्थापन सुधारसम्बन्धी सुझाव प्रतिवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको छ।

    images
    images

    Trafic Korean Iqupment.jpg

    संघले डेढ महिनादेखि सञ्चालन गरेको “ट्राफिक तथा यातायात व्यवस्थापन अभियान” अन्तर्गत पैदलयात्री, सवारी चालक, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा सरोकारवालाबाट प्राप्त सुझाव संकलन गरी प्रतिवेदन तयार गरेको जनाएको छ। उक्त प्रतिवेदन संघका अध्यक्ष प्रेमकुमार गुरुङको नेतृत्वमा ट्राफिक प्रहरी प्रमुख एसएसपी सुरेश काफ्लेलाई हस्तान्तरण गरिएको हो।

    images
    images

    कार्यक्रममा महासचिव जितेन्द्र बानियाले अभियानको उद्देश्य, प्राप्त सुझाव तथा नेपालमा ट्राफिक व्यवस्थापन सुधारका सम्भावित उपायहरू प्रस्तुत गर्नुभयो। अध्यक्ष गुरुङले सुरक्षित, व्यवस्थित र आधुनिक यातायात प्रणाली निर्माणमा निजी क्षेत्र र नागरिक समाजको सक्रिय भूमिका आवश्यक रहेको धारणा राख्नुभयो।

    ट्राफिक प्रहरी प्रमुख एसएसपी काफ्लेले संघले छोटो अवधिमै गरेको अध्ययन, जनचेतनामूलक अभियान र सुझाव संकलनको प्रशंसा गर्दै सरकारी निकाय र नागरिक समाजबीच सहकार्य अझ सुदृढ गर्नुपर्ने बताउनुभयो। उहाँले नेपालमै कोरियाली अभ्यासमा आधारित “नमुना ट्राफिक चोक” निर्माण गरी नागरिकलाई आधुनिक ट्राफिक व्यवस्थापनबारे प्रत्यक्ष जानकारी दिने अवधारणा अघि सार्नुभएको छ।

    कार्यक्रममा सहभागीहरूले बढ्दो सवारी चाप, सडक सुरक्षा, सार्वजनिक यातायात व्यवस्थापन र ट्राफिक सचेतनामा संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए। संघले आगामी दिनमा पनि ट्राफिक सुधार र जनचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend