images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट...

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ।मंगलबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिन्।वि.सं. २०१९ मा स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएकी शान्ति मिश्रको योगदानको स्मरणस्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो।

    images
    images

    कार्यक्रममा सचिव बस्नेतले वि.सं. २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताइन् । उनले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट प्रकाशन गरेकामा त्यसको सराहना गरिन्।शान्ति मिश्रका श्रीमान् नारायण मिश्रले दिवङ्गत पत्नीको पुस्तकालय विकासप्रतिको समर्पण स्मरणबारे सुनाए । त्रिभुवन विश्वविद्यालयमा जानकारी दिँदै उनले भने, “शान्ति पुस्तकालयलाई वृहत् बनाउने सोच राख्थिन्, त्यसैले पढाउन छोडेर पुस्तकालय नै रोजिन्।”

    त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अध्यक्ष सागरराज सुवेदीले वर्तमान केन्द्रीय पुस्तकालयको आधारशिला शान्ति मिश्रकै योगदानबाट स्थापित भएको बताए । हाल उक्त पुस्तकालयमा चार हजारभन्दा बढी पुस्तक रहेका र तिनको ई–लाइब्रेरीमा रूपान्तरण जारी रहेको जानकारी दिए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend