images

२०८३ कार्तिक ४ गते

images
images
images
  • समाचार
  • समयमै काम नगर्ने महेन्द्रनगरसहित चार...

समयमै काम नगर्ने महेन्द्रनगरसहित चार निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा

समयमै काम नगर्ने महेन्द्रनगरसहित चार निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा

images
images
मंगलवार, आषाढ ९ २०८३
मंगलवार, आषाढ ९ २०८३
  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण तथा आपूर्ति कार्य समयमा सम्पन्न नगरेको भन्दै चार कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले मंगलबार प्रकाशित गरेको सूचनाअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ बमोजिम ती कम्पनी तथा तिनका सञ्चालकलाई निश्चित अवधिका लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा समावेश गरिएको हो।कालोसूचीमा पर्ने कम्पनीमध्ये लोहनी निर्माण सेवा प्रालि, महेन्द्रनगर, धनुषा प्रमुख रहेको छ। कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। कम्पनीका मुख्य व्यक्ति अनिल लोहनी रहेको सूचनामा उल्लेख छ।

    images
    images

    त्यस्तै,  जिम्राको कन्स्ट्रक्सन सप्लायर्स–२, भरतपुर–१, चितवनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। उक्त कम्पनीका मुख्य व्यक्ति रमेश रेग्मी रहेका छन्। यस्तै, गणपति सिभिल सेवा प्रालि, बर्दिबास–१, महोत्तरी लाई दुई वर्ष तथा नवाङ्कुर सिभिल सेवा प्रालि, काठमाडौँलाई पनि दुई वर्षका लागि कालोसूचीमा समावेश गरिएको कार्यालयले जनाएको छ।सूचनाअनुसार यी कम्पनीहरूले क्रमशः सर्भाङ्गिण विकास तथा मानव शिक्षा अभियान, बागमती प्रदेश सरकारअन्तर्गतको योजना कार्यान्वयन एकाइ, सडक डिभिजन कार्यालय मकवानपुर तथा खानेपानी तथा सरसफाइ आयोजना हेटौँडासँग भएका सम्झौताअनुसारका कार्य समयमा सम्पन्न नगरेको वा खरिद सम्झौता उल्लंघन गरेको निष्कर्षपछि कालोसूचीमा राखिएको हो। कार्यालयका अनुसार कालोसूचीको अवधिभर ती कम्पनी, तिनका सञ्चालक तथा सम्बन्धित मुख्य व्यक्तिहरू कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

    null
     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend