images

२०८३ आश्विन २३ गते

images
images
images
  • समाचार
  • दिल खोलेर उत्साहपुर्वक लगानी गर्नोस, सुरक्षाको...

दिल खोलेर उत्साहपुर्वक लगानी गर्नोस, सुरक्षाको ग्यारेण्टी सरकारले लिन्छः अर्थममन्त्री पौडेल

दिल खोलेर उत्साहपुर्वक लगानी गर्नोस, सुरक्षाको ग्यारेण्टी सरकारले लिन्छः अर्थममन्त्री पौडेल

images
images
मंगलवार, कार्तिक १३ २०८१
मंगलवार, कार्तिक १३ २०८१
  • अमेरिका भ्रमणमा रहनुभएका उपप्रधान तथा अर्थममन्त्री बिष्णुप्रसाद पौडेल लगानीको सुरक्षाको ग्यारेण्टी सरकारले लिने जानकारी सहित नेपालको आर्थिक बिकासमा सघाउन प्रवासमा रहेका सवै नेपालीलाई आह्वान गर्नुभएको छ ।

    images
    images

    प्रवासी नेपाली मञ्च अमेरिका डिसी मेट्रो राज्य कमिटीले आयोजना गरेको ‘नेपालमा लगानी र नागरिकता निरन्तरता’ बिषयम अन्तरक्रियामा नेकपा एमालेका उपाध्यक्ष समेत रहनु भएका उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो आह्वान गर्नुभएको हो ।

    अर्थमन्त्री पौडेलले समृद्ध नेपाल निर्माणको अभियान कुनै दल वा पार्टी बिशेषको नभई मुलुकको राष्ट्रिय आकांक्षा रहेको भन्दै नेपालको समृद्धिका लागि दिल खोलेर लगानी गर्न आग्रह पनि गर्नुभयो । मुलुकको अपरिहार्य आवश्यकता बनेको कारण कांग्रेस र एमाले गठबन्धन बनी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा गठन भएको प्रष्ट पार्दै अर्थमन्त्री पौडेलले अव नेपालमा लगानी गर्दा सुरक्षा हुन्न र कि भन्ने आशंका त्याग्न उत्साह पुर्वक लगानी गर्न आग्रह गर्नुभयो ।

    images
    images

    बैदेशिक लगानी आकर्षण र प्रवासी नेपालीहरूको प्रत्यक्ष लगानीको महत्वबारे आफ्नो धारणा राख्दै अर्थमन्त्री पौडेलले नेपालको आर्थिक बिकासमा प्रवासीहरूको अपरिहार्य योगदानको अपेक्षा गर्नुभयो । ‘मनमा कुनै आशंका वा दुविधा नपाल्नोस, नेपालमा अव हिजोको जस्तो अस्थिरता र अनियमितताको अवस्था छैन । दिल खोलेर उत्साह पुर्वक लगानी गर्नोस, लगानीको सुरक्षाको ग्यारेण्टी सरकारले गर्छ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो ।

    उहाँले रोजगारी सृजना, आयात प्रतिस्थापन र बिदेशी मुद्रा सञ्चीति बलियो बनाउन प्रवासीहरूको संलग्नताको आवश्यकता रहेको बताउनु भयो । यस्तै उद्योग, पूर्वाधार, उर्जा, पर्यजस्ता क्षेत्रमा लगानीका अवसरहरू रहेको भन्दै अर्थमन्त्री पौडेलले नेपालको प्राकृतिक स्रोत र कार्यबललाई उपयोग गरी दिगो आर्थिक विकासको दिशातर्फ केन्द्रित हुन प्रवासी नेपालीहरूलाई प्रेरित गर्नुभएको थियो ।

    प्रवासी नेपालीले यो काम गरे नेपालको आर्थिक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास अर्थमन्त्री पौडेलको थियो । प्रवासी नेपाली मञ्च अमेरिका डिसी मेट्रो राज्य कमिटीका अध्यक्ष गोबिन्द खडकाको अध्यक्षता र बिजय बगालेले मोडरेट गर्नुभएको अन्तरक्रियामा अर्थमन्त्री पौडेलले बर्तमान सरकार बिश्वभर रहेका नेपालीको पुँजी र सीपलाई नेपालको बिकाशमा उपयोग गर्न आतुर रहेको पनि प्रष्ट पार्नुभयो ।

    यस्तै उहाँले गैरआवासीय नेपाली नागरिकताको बिषयमा बर्तमान सरकाु गम्भीर रहेको भन्दै प्रवासको माग पूरा गर्न गृहकार्य अघि बढाइसकेको जानकारी दिनुभएको थियो ।अन्तरक्रियामा प्रवासको तर्फबाट धारणा राख्दै प्रवासी नेपाली मञ्च अन्तरािष्ट्रय कमिटीका अध्यक्ष सञ्जय थापाले नेपालमा प्रवासी नेपालीको लगानी भित्र्याउन नागरिकतामा रहेको प्रावधानलाई सहज बनाई एकपटकका नेपाली सधैका नेपालीको अवधारणा अनुसार नागरिकताको निरन्तरता हुनुपर्ने सुझाव दिनुभएको थियो ।

    अन्तरक्रियामा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिवालय सदस्य तथा अमेरिका महादेश इञ्चार्ज प्रभु थापा, अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले प्रवासी नेपालीहरूको भूमिका, नेपालमा लगानीका अवसरहरू र आर्थिक चुनौतीहरूका बारेमा आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रममा बुद्धिजीवि परिषदका संयोजक कुलमणि आचार्यले बैदेशिक लगानी, पूर्वाधार बिकास, उर्जा र पर्यटन सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    अन्तरक्रियामा एमाले केन्द्रीय सदस्य कृष्ण पौडेल, दुर्गा बिक, केदार पहारी, ज्ञानेन्द्र गहतराज, गैर आवासीय नेपाली संघ अमेरिकाकी महिला संयोजक सुनिता खत्री, बानाका अध्यक्ष सुबोद पन्त लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend