images

२०८३ कार्तिक ४ गते

images
images
images

अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका

अभिभावकविहीन बालबालिकाको सहारा बन्यो तमानखोला गाउँपालिका

images
images
शुक्रवार, आषाढ ५ २०८३
शुक्रवार, आषाढ ५ २०८३
  • बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहण गरी सहारा दिएको छ । आमाबुबा गुमाएर बेसहारा बनेका बालबालिकलाई निःशुल्क खान, बस्न र शिक्षाको चार वर्षदेखि सुनिश्चित गर्दै आएको छ।गाउँपालिकाले वडा नं ३ तमान गाउँमा दुई वटा घर भाडामा लिएर ‘तमानखोला बालगृह’नै सञ्चालन गरी बालबालिकाको स्याहारसुसारसहित पठनपाठन गराउँदै आएको छ ।वि.सं. २०७९ देखि सुरु भएको बालगृहमा पालिकाभरका बेसहारा बालबालिकाले आवासीय सेवा लिँदै आएका हुन् । गाउँपालिकाले सुरुमा रु १० लाख विनियोजन गरी बालगृह सञ्चालन गरेको थियो।

    images
    images

    बालगृहमा बस्ने बालबालिकालाई नजिकैको धनगौ ज्योति माध्यमिक विद्यालयमा कक्षा १० सम्म पढाउँदै आएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले जानकारी दिए। एसइई उत्तीर्णपछि उनीहरूले चाहेअनुसार कक्षा ११ र १२ पढाउने उनले विश्वास दिलाए । अहिले बालगृहमा बस्ने बालबालिका कक्षा ३ देखि कक्षा १० सम्म अध्ययन गर्दै आएको अध्यक्ष बुढामगर बताँछन्।अध्यक्ष बुढामगरले भने, “कोही पनि बालबालिका बेसहारा बन्न नपरोस् भन्ने हामीले बालगृह सञ्चालन गरेका हौँ, अहिलेसम्म धेरै बालबालिकाले यहाँ आश्रय लिएका छन्, स्थानीय सरकारले बालबालिकाको मौलिक अधिकारको संरक्षण र राज्यको अनुभूति दिलाउनु पर्छ ।”अहिले बालगृहमा १६ जना बालबालिका आश्रित छन् । जिल्लास्थित विभिन्न सङ्घसंस्थाले ‘तमानखोला बालगृह’ खाद्यन्न, तत्ताकपडा, शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् । बालगृहका अध्यक्ष तथा तमानखोला गाउँपालिका–३ का अध्यक्ष झकबहादुर बुढामगरले बालबालिकालाई पारिवारिक वातावरणमा आश्रय लिएको बताए ।

    सुरुमा बालगृहमा आएर बस्न धेरैले नमाने पनि अहिले धेरै अभिभावकविहीन बालबालिकाको रोजाइमा परेको उनको भनाइ छ। बालबागृहमा बस्ने बालबालिकाको उच्च शिक्षासहित रोजगारीको ग्यारेन्टीसमेत पालिकाले गर्ने बुढामगरले बताए । बालगृह सञ्चालनका लागि ‘तमानखोला विकास कोष’समेत स्थापना गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend