images

२०८३ आश्विन १७ गते

images
images
images
  • विश्व
  • अफगानिस्तानमा सरकारी कर्मचारीलाई स्मार्टफोन प्रयोगमा...

अफगानिस्तानमा सरकारी कर्मचारीलाई स्मार्टफोन प्रयोगमा पूर्ण प्रतिबन्ध

अफगानिस्तानमा सरकारी कर्मचारीलाई स्मार्टफोन प्रयोगमा पूर्ण प्रतिबन्ध

images
images
बिहिवार, आषाढ ४ २०८३
बिहिवार, आषाढ ४ २०८३
  • काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले सरकारी कर्मचारीहरूलाई स्मार्टफोन प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको निर्देशनपछि देशभरका सरकारी कर्मचारीहरूले आफ्ना स्मार्टफोन बन्द गर्न थालेका छन्।अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार उक्त आदेश जुन १७ देखि लागू गरिएको हो। आदेश उल्लङ्घन गर्ने कर्मचारीलाई जागिरबाट निष्कासन गर्न सकिने, कानुनी कारबाही हुन सक्ने तथा केही क्षेत्रमा जेल सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ।

    images
    images

    सरकारी कर्मचारीहरूका अनुसार स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाउने सम्बन्धी आदेश गत साता सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। अफगानिस्तानको सर्वोच्च अदालतको प्रतीक चिन्ह रहेको उक्त पत्रमा देशभरका सरकारी कार्यालय प्रमुखहरूलाई आफ्ना सबै कर्मचारीलाई स्मार्टफोन प्रयोग नगर्न निर्देशन दिन भनिएको छ।पत्रमा भनिएको छ, “सबै प्रान्तका विभागीय प्रमुखहरूले आफ्ना वरिष्ठ तथा कनिष्ठ सबै कर्मचारीलाई जुन १७ देखि स्मार्टफोनको प्रयोग पूर्ण रूपमा निषेध गरिएको जानकारी गराउनुपर्नेछ।”यो आदेश सैन्य तथा नागरिक दुवै क्षेत्रका सरकारी कर्मचारीहरूमा लागू हुने उल्लेख गरिएको छ। सर्वोच्च नेताको विशेष अनुमति प्राप्त व्यक्तिहरूलाई मात्र यसबाट छुट दिइने व्यवस्था गरिएको छ।

    तालिबान सरकारको यो निर्णयपछि शिक्षक, सरकारी अधिकारी तथा कर्मचारीहरूमा चिन्ता बढेको छ। उनीहरू दैनिक कार्यालय सञ्चालन, सूचना आदानप्रदान तथा विभिन्न प्रशासनिक कार्यका लागि ह्वाट्सएप, इमेल र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी उपकरणहरू प्रयोग गर्दै आएका थिए।अफगानिस्तानको दुर्गम बदख्शान प्रान्तका एक सरकारी कर्मचारीले नियम उल्लङ्घन गरेमा छ महिनासम्म जेल सजाय हुन सक्ने बताएका छन्। सोही प्रान्तका अन्य कर्मचारीहरूले नाम नखुलाउने सर्तमा एएफपीसँग कुरा गर्दै स्मार्टफोन प्रतिबन्धले आफ्नो कामकाजमा गम्भीर असर पर्ने बताएका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend