काठमाडौं । अमेरिका र इरानबीच प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता स्विजरल्याण्डमा हुने तयारी भएको छ। रोयटर्सका अनुसार वार्ता स्विस शहर बुर्गेनस्टकस्थित माउन्टेन रिसोर्टमा शुक्रबार हुने तयारी छ, यद्यपि औपचारिक तालिका र विस्तृत कार्यक्रम भने सार्वजनिक गरिएको छैन।सूचना अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनबीच युद्धविरामसम्बन्धी समझदारी भएपछि वार्ता प्रक्रियाले गति लिएको हो। उनीहरूले भर्चुअल माध्यमबाट प्रारम्भिक युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ, जसलाई वासिङ्टन-तेहरान सम्बन्धमा महत्वपूर्ण कूटनीतिक मोडका रूपमा हेरिएको छ।
सीएनएनका अनुसार बुधबार साँझ फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आयोजना गरेको कार्यक्रमका क्रममा प्यालेस अफ भर्साइल्समा भएको रात्रिभोजको अवसरमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरिएको थियो। उक्त सम्झौताले दुई देशबीचको शत्रुता अन्त्य गर्ने, होर्मुज जलडमरू पुनः खोल्ने र ६० दिनभित्र विस्तृत अन्तिम सम्झौताका लागि वार्ता प्रक्रिया अघि बढाउने लक्ष्य राखेको बताइएको छ। समझदारीले लेबनानमा जारी सैन्य गतिविधिहरू तत्काल रोक्ने व्यवस्था गरेको पनि उल्लेख छ। साथै दुवै पक्षले तोकिएको समयसीमाभित्र अन्तिम सम्झौतामा पुग्ने प्रतिबद्धता जनाएको जनाइएको छ।स्विस विदेश मन्त्रालयले मध्यपूर्वमा शान्ति र स्थायित्वलाई आफ्नो विदेश नीतिको प्राथमिक प्राथमिकता बताउँदै वार्ताकोस्वागत गरेको छ।




.gif)



