images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया...

कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ

कालीमाटी र बल्खुबाट ३५ जना बिचौलिया पक्राउ

images
images
बुधवार, आषाढ ३ २०८३
बुधवार, आषाढ ३ २०८३
  • काठमाडौँ । कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले अपरेसन सञ्चालन गरेर बुधबार बिहान उनीहरूलाई पक्राउ गरेको हो । काउन्टर आसपासमा सक्रिय भएर बल्खु हुँदै उपत्यका बाहिर यात्रा गर्न खोज्नेहरूलाई उनीहरुले हैरानी दिने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले  बताए । 

    images
    images

    पक्राउ परेकाहरूलाई मुद्दा चलाउनको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइने एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘आरोपीहरू विरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसरमा पठाउँछौँ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend