images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • भाइटल प्रो आयल उद्योग साढे ५१...

भाइटल प्रो आयल उद्योग साढे ५१ करोड रुपैयाँ लगानीमा निर्माण हुँदै

भाइटल प्रो आयल उद्योग साढे ५१ करोड रुपैयाँ लगानीमा निर्माण हुँदै

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौं । बारा जिल्लाको पर्सौनीमा साढे ५१ करोड रुपैयाँ लगानीमा भाइटल प्रो आयल उद्योग निर्माण हुने भएको छ ।कम्पनीले सन् २०२५ को सेप्टेम्बरमा उद्योग दर्ता गरेर निर्माण अगाडि बढाएको हो । कम्पनीले विभिन्न प्रकारका कच्चा तेल प्रशोधन गरी तेल उत्पादन गर्नेछ ।

    images
    images

    कम्पनीले उद्योग निर्माण गर्न इक्विटी र ऋणको लगानी अनुपात ७५ः२५ राखेको छ । जसमा कम्पनीले कर्जा लिई ३८ करोड रुपैयाँ र इक्विटीमार्फत् १२ करोड ९० लाख रुपैयाँ लगानी गर्नेछ । हालसम्ममा लगानीकर्ताले ३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।कम्पनीले दैनिक २ सय टन प्रशोधन क्षमतामा उद्योग निर्माण गर्ने जनाएको छ । कम्पनीले भटमासको तेल, सनफ्‌लावर तेल र तोरी तेल प्रशोधन गर्ने जनाएको छ ।

    धिरजकुमार गुप्ताले नेतृत्व गरिरहेका कम्पनीले दीर्घकालीन कर्जा तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend