images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको...

राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी

राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीको मुद्दामा तोकियो पेसी

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • काठमाडौँ । राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्धको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तय भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागको तत्कालीन महानिर्देशक अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा २०८२ चैत १ गते भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरेको थियो । अधिकारीले उक्त रकम जग्गा खरिद र ऋण तिर्न प्रयोग भएको आयोगको दाबी छ । 

    images
    images

    एचके इन्टरप्राइजेज भन्ने कम्पनीविरुद्ध राजस्व चुहावट गरेको आरोपमा राजस्व विभागमा उजुरी परेपछि उक्त मुद्दाबाट जोगिन कम्पनीका सञ्चालक श्रीकृष्ण श्रेष्ठले ७० लाख रुपैयाँ दिएको भेटिएको अख्तियारको दाबी छ ।उक्त रकम विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतको सल्लाहमा उनीहरूको खातामा राखिएको अख्तियारको दाबी छ । त्यसपछि उनीहरूले भक्तपुरको दिव्यश्वरी आयोजना भित्रको ५ आना जग्गा खरिद गरेको भेटिएको आयोगको दाबी छ । देवेन्द्र केसी सञ्चालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानीमा समेत त्यो रकम प्रयोग भएको अनुसन्धानबाट खुलेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend