images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • विश्वकप हेर्न जान पाएनन् ...

विश्वकप हेर्न जान पाएनन् एन्फा अध्यक्ष र महासचिव, त्रिभुवन विमानस्थलबाटै फर्काइयो

विश्वकप हेर्न जान पाएनन् एन्फा अध्यक्ष र महासचिव, त्रिभुवन विमानस्थलबाटै फर्काइयो

images
images
मंगलवार, जेठ २६ २०८३
मंगलवार, जेठ २६ २०८३
  • फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन् । उनीहरु आज बिहान मेक्सिको जाँदै थिए । उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको अध्यागमन स्रोतले बतायो ।

    images
    images

    आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो । फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेपमै पुगेका थिए । तर राखेपले उनीहरुलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend