images

२०८३ कार्तिक ७ गते

images
images
images
  • समाचार
  • वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा...

वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर

वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।मेयर सिंहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित अख्तियारले सिंह सहितलाई मुद्दा चलाएको हो ।अख्तियारले मेयर सिंहलाई मतियारको मुख्य कसुरदार सरह सजायको माग गरेको छ । 

    images
    images

    त्यस्तैगरी नागरिकता लिनेकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाएको छ ।उनीहरूबाहेक गलत प्रतिवेदन तयार पारेको अभियोगमा गृह मन्त्रालयका कर्मचारी पुष्कर राना र परशुराम पोखरेललाई पनि कसुरदार मानेर मुद्दा दर्ता गरेको अख्तियारले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend