images

२०८३ कार्तिक ७ गते

images
images
images

सरकारले गर्‍यो १० सचिवको सरुवा

सरकारले गर्‍यो १० सचिवको सरुवा

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • काठमाडौँ । सरकारले १० सचिवको सरुवा गरेको छ । गत शुक्रबार मन्त्रिपरिषद्को निर्णयका आधारमा १० सचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारले मन्त्रालय समायोजन गर्नु अगाडि वन तथा वातावरण मन्त्रालयको सचिव रहेका गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मा दिइएको छ । 

    images
    images

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव रहेकी चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । उपराष्ट्रपति कार्यालयमा रहेका डा. कृष्णहरि पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ । पुस्करले ‘चेन अफ कमाण्ड’ मिचेर प्रधानमन्त्री  शाहलाई एसएमएस गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्रहरीले गत बिहीबार ७ घण्टा नियन्त्रणमा लिएर केरकार गरेको थियो ।नेपाल ट्रस्टको कार्यालयमा रहेकी प्रमिलादेवी शाक्य बज्राचार्यलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरन्जिवी चटौतलाई सरुवा गरेर नेपाल ट्रष्टको कार्यालयमा पुर्‍याइएको छ ।

    जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा पुर्‍याइएको छ । गण्डकी प्रदेशका प्रमुख सचिव डुण्डुराज घिमिरे निलम्बनमा रहेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।पोखरा विमानस्थल निर्माणमा कर छुटसम्बन्धी अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकाले सचिव घिमिरे निलम्बनमा परेका हुन् । आयोगले पर्यटन मन्त्रालयमा सहसचिवका रूपमा काम गर्ने बेलामा घिमिरे कर छुटसम्बन्धी अनियमिततामा संलग्न भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अर्थ मन्त्रालयका राजश्व सचिव भूपाल बराललाई गण्डकी प्रदेशको सचिवमा सरुवा गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरजकुमार वैद्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डिल्लीराज शर्मा पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन् । 

    images
    images

    सरुवा भएका सचिवहरूले पत्र बुझिसकेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले कार्यसञ्चालन नियमावली ल्याउँदै मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ मा झारिएको छ । त्यसपछि गाभिएका मन्त्रालयका सचिव सरुवामा परेका हुन् । मन्त्रालय घटाउँदा नाम परिवर्तन नभएका मन्त्रालयमा काम गरिरहेका सचिवहरूलाई भने त्यही मन्त्रालयमा पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend