images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति...

रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने

रास्वपा बागमतीको अधिवेशन मंगलबार हेटौँडामा, सभापति लामिछाने सहभागी हुने

images
images
सोमवार, जेठ २५ २०८३
सोमवार, जेठ २५ २०८३
  • हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन मंगलबार हेटौँडामा हुने भएको छ । हेटौँडा–१ स्थित हिमालयन दरबारमा हुने रास्वपा बागमती प्रदेशको अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।अधिवेशनका लागि प्रदेशका १३ जिल्लाबाट प्रतिनिधिहरू छनौट भएर आउने रास्वपा बागमती प्रदेश सभापति तथा प्रतिनिधिसभा सांसद डा.अच्युत्तम लामिछानेले जानकारी दिए । पहिलो प्रदेश अधिवेशन प्रदेश राजधानी हेटौँडामै आयोजना गर्न लागिएकाले पार्टीको विचार, सिद्धान्त र सङ्गठनात्मक सन्देश जनस्तरसम्म पुर्याउन सहज हुने उनले बताए ।उनका अनुसार बागमती प्रदेशका १३ वटै जिल्लाबाट करिब १ हजार ५०० प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशका जिल्ला, पालिका तथा वडा तहबाट छनोट भएका प्रतिनिधिहरू अधिवेशनमा सहभागी हुने उनले बताए । प्रदेशका १३ वटै जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र प्रतिनिधिहरू हेटौँडा आउने क्रम सुरु भएको उनले बताए ।

    images
    images

    उनका अनुसार प्रदेशका १ हजार १२१ वडामध्ये करिब ९०० वडामा अधिवेशन सम्पन्न भइसकेको छ भने ११९ वटै पालिकामा पार्टीको संगठन विस्तार भएको छ । अधिवेशनमा पार्टी सभापति रवि लामिछानेसहित केन्द्रीय नेतृत्वको समेत उपस्थिति रहने उनको भनाइ छ ।अधिवेशनबाट रास्वपा बागमतीको नयाँ प्रदेश नेतृत्व चयन गरिने उनले बताए । नेतृत्व चयनमा सर्वसम्मतिको प्रयास हुने भए पनि आवश्यक परे निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने उनको भनाइ छ ।रास्वपाले अधिवेशनका लागि प्रतिनिधिहरूले जनही एक हजार ५०० रुपैयाँ प्रतिनिधि शुल्क बुझाउने व्यवस्था गरिएको छ । सोही रकमबाट अधिवेशन सञ्चालन गर्ने तयारी गरी प्रतिनिधिमूलक र मितव्ययी ढङ्गले अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको प्रदेश सभापति डा. लामिछानेले बताए । अधिवेशनमा सर्वसाधारणका लागि खुला सभा नरहे पनि पार्टीका प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक गरी करिब ४ हजार जनासम्मको उपस्थिति हुन सक्ने अनुमान गरिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend