images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • रिलायन्स स्पिनिङ मिल्स र शिवम प्लास्टिक...

रिलायन्स स्पिनिङ मिल्स र शिवम प्लास्टिक इन्डस्ट्रिज सम्मानित

रिलायन्स स्पिनिङ मिल्स र शिवम प्लास्टिक इन्डस्ट्रिज सम्मानित

images
images
आइतवार, जेठ २४ २०८३
आइतवार, जेठ २४ २०८३
  • काठमाडौं- निकासी व्यापारमार्फत नेपालको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल उद्योग परिसंघले नेपालका दुई अग्रणी कम्पनी रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र शिवम् प्लास्टिक इन्डष्ट्रिजलाई सम्मान गरेको छ । परिसंघले आफ्नो २३ औं वार्षिक साधारसभाको अवसरमा कदरपत्रसहित उक्त सम्मान गरेको हो ।यी दुबै गोल्याण ग्रुप अन्तर्गतका कम्पनी हुन् । रिलायन्स नेपालमा धागो उत्पादन गरी निर्यात गर्ने अग्रणी पब्लिक कम्पनी हो । तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सले सुनसरीको दुहबी र खनारमा रहेका उद्योगमार्फत कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ ।

    images
    images

    त्यसैगरी शिवम् प्लास्टिकले पोलिप्रोलिन ओभन फ्याब्रिक उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको उक्त फ्याब्रिक खाद्यान्न प्याकेजिङ, पोलिमर, सिमेन्टका साथै एचडीपीई ओभन टर्पोलिन फ्याब्रिकमा प्रयोग गरिन्छ । कम्पनीको उत्पादन क्षमता ११ हजार १ सय २५ टन फ्याब्रिकरस्याक्स र ४ हजार ६ सय २० टन टर्पोलिन रहेको छ ।उद्योग परिसंघले प्रदान गरेको कदरपत्रमा नेपालबाट भारतमा निकासी हुने वस्तुहरुको निर्यात गरी मुलुलकको अर्थतन्त्रमा योगदान पुर्याएको उल्लेख छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा रिलायन्स स्पिनिङ मिल्सका निर्देशक शशिकान्त अग्रवाल, प्रमुख वित्त अधिकृत अनिल सोमानी, शिवम् प्लास्टिकका विशाल थापा र गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रे सहभागी थिए ।गत फागुनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण भएको रिलायन्स स्पिनिङ मिल्स यसअघि पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सम्मानित भएको छ । नेपाल सरकारले सन् २०२५ मा रिलायन्सका प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई महत्वपूर्ण वर्ष व्यक्ति (सीआईपी) बाट सम्मान गरेको थियो । सोही वर्ष भन्सार विभागले ७६ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रिलायन्सलाई उत्कृष्ट निर्यातकर्ता तथा रोजगारदाता कम्पनीको रुपमा सम्मान गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend