images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • रिसाइक्लिङबाट आएको रकम कलाकारलाई सहयोग, शिव...
अर्थसमाचार संवाददाता

रिसाइक्लिङबाट आएको रकम कलाकारलाई सहयोग, शिव न्यौपानेद्वारा १० हजार रुपैयाँ हस्तान्तरण

रिसाइक्लिङबाट आएको रकम कलाकारलाई सहयोग, शिव न्यौपानेद्वारा १० हजार रुपैयाँ हस्तान्तरण

images
images
शनिवार, जेठ २३ २०८३
शनिवार, जेठ २३ २०८३
  • काठमाडौं । अष्ट्रेलिया नेपालको पहिलो खाद्य शब्दकोश ‘फलाङ खाद्य शब्दकोश’का लेखक शिव न्यौपानेले रिसाइक्लिङ सामग्री बिक्रीबाट प्राप्त रकम मध्ये १० हजार रुपैयाँ सामाजिक सेवामा सहयोग गर्नुभएको छ।

    images
    images

    हाल अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आउनु भएका न्यौपानेले खाद्य प्याकेजिङ, पेय पदार्थका बोतल तथा पानीका बोतलहरू संकलन गरी रिसाइक्लिङमार्फत प्राप्त रकम विभिन्न सामाजिक तथा मानवीय कार्यमा प्रयोग गर्दै आउनु भएको छ। सोही अभियान अन्तर्गत उहाँले लोकप्रिय टेलिभिजन कार्यक्रम ‘रजतपट शो’ मार्फत १० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो।

    रजतपट शोका सञ्चालक प्रकाश सुवेदी ले न्यौपानेको योगदान प्रति धन्यवाद व्यक्त गर्दै उक्त रकम वरिष्ठ कलाकार पवनप्रसाद मनाली लाई प्रदान गरिएको जानकारी दिनुभयो। कलाकार तथा सांस्कृतिक क्षेत्रका व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको जनाइएको छ।

    images
    images

    न्यौपानेले विगत केही वर्षदेखि रिसाइक्लिङ सामग्री बिक्रीबाट प्राप्त रकम विद्यार्थी, विपन्न व्यक्ति तथा विभिन्न सामाजिक संघ संस्थाहरूलाई सहयोग गर्दै आउनु भएको छ। उहाँका अनुसार फोहोर व्यवस्थापनलाई आर्थिक अवसरसँग जोड्न सके वातावरण संरक्षणसँगै सामाजिक हितका काममा पनि योगदान पुर्‍याउन सकिन्छ।

    उहाँले नेपालमा समेत व्यवस्थित रिसाइक्लिङ प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै देशभर रिसाइक्लिङ केन्द्र स्थापना गरी फोहोरलाई नगदमा रूपान्तरण गर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभएको छ। साथै, घरायसी फोहोर बिक्रीबाट प्राप्त रकम डिजिटल माध्यमबाट अस्पताल, शैक्षिक संस्था तथा परोपकारी संस्थाहरूमा सहज रूपमा हस्तान्तरण गर्न सकिने प्रणाली विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

    न्यौपानेको यो अभियानले वातावरण संरक्षण, रिसाइक्लिङ संस्कृतिको प्रवर्द्धन र सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। फोहोरलाई स्रोतमा रूपान्तरण गर्दै समाजसेवामा योगदान गर्ने उहाँको पहललाई धेरैले प्रेरणादायी कार्यका रूपमा लिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend