images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • ४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह...

४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

images
images
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक विशेष समारोहका बीच महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।नेपाल सरकार प्रधानमन्त्री एवं गृह मन्त्रीस्तरको २०८३ जेठ २१ गतेको निर्णयअनुसार जनपदतर्फ १ जना र प्राविधिकतर्फ ३ जना गरी कुल ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नति भएका थिए । यसैगरी, गृह मन्त्रालय (सचिवस्तर) को सोही मितिको निर्णयले जनपदतर्फ १ जना र प्राविधिकतर्फ १२ जना गरी १३ जना प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा भएका थिए । 

    images
    images

    अन्य पदोन्नतिमा १६ जना प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) र १४ जना प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) रहेका छन् । यसरी विभिन्न पदमा पदोन्नति भएका कुल ४७ जना प्रहरी अधिकृतहरूमध्ये ४४ जना शुक्रबार सुशोभित भएका हुन् । पदोन्नति भएकामध्ये १ जना प्राविधिक प्रहरी उपरीक्षक र २ जना प्राविधिक प्रहरी नायव उपरीक्षक भने हाल तालिमको सिलसिलामा कोरियामा रहेकाले समारोहमा अनुपस्थित थिए ।दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति भएका सबै अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । कार्यक्षेत्रमा देखाएको लगनशीलता, इमानदारिता, व्यावसायिक निष्ठा र सेवाप्रतिको अटुट प्रतिबद्धताको उचित मूल्याङ्कनका आधारमा यो पदोन्नति भएको उनले स्पष्ट पारे । पदोन्नतिसँगै जिम्मेवारी पनि थपिएको भन्दै उनले अबका दिनमा अझ बढी सिर्जनशील, जवाफदेही र संवेदनशील भएर कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।

    समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्रबहादुर सिंहले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीमा पूर्ण रूपमा समर्पित हुने प्रतिबद्धता जनाए । उनले सङ्गठनको लक्ष्य प्राप्तिका लागि अझ उत्कृष्ट ढंगले कार्य गर्ने बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend