images

२०८३ कार्तिक ८ गते

images
images
images
  • समाचार
  • अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा...

अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा

अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा

images
images
शुक्रवार, जेठ २२ २०८३
शुक्रवार, जेठ २२ २०८३
  • बुटवल । अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएपछि कपिलवस्तु नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरूमा गर्मी बिदा दिने निर्णय गरेको छ। पछिल्लो केही दिनयता तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएकाले पठनपाठन अवरुद्ध हुने अवस्था सिर्जना भएपछि यस्तो निर्णय लिइएको हो।नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचना अनुसार बढ्दो तापक्रमका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न समेत निकै असहज भएकाले बिदा घोषणा गरिएको हो। नगरपालिकाको निर्णय अनुसार नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आगामी जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म तीन दिन गर्मी बिदा दिइएको छ।

    images
    images

    नगरपालिकाले जारी गरेको सूचनामा यो बिदा पछि वर्षे बिदाबाट मिलान गरिने समेत स्पष्ट पारेको छ। गर्मी निकै बढेर जनजीवन कष्टकर बन्दै गएकाले आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र विद्यार्थीको सुरक्षालाई विशेष प्राथमिकतामा राख्न पनि नगरपालिकाले सबै विद्यालयहरूलाई आग्रह गरेको छ।

    FB_IMG_1780646886810

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend