images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ऊर्जामन्त्री खड्का : बंगलादेशलाई ४० मेगावाट...

ऊर्जामन्त्री खड्का : बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने ऐतिहासिक सम्झौता

ऊर्जामन्त्री खड्का : बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने ऐतिहासिक सम्झौता

images
images
बुधवार, कार्तिक ७ २०८१
बुधवार, कार्तिक ७ २०८१
  • काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्षायाममा बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने ऐतिहासिक सम्झौता भएको बताए ।

    images
    images

    बुधबार मन्त्रालयमा आयोजित ऊर्जामन्त्री खड्काको १०० दिनको उपलब्धिहरू सार्वजनिक कार्यक्रममा उनले यस्तो बताएका हुन् । साथै सुख्खायाममा भारतबाट २३० मेगावाट बिजुली आयात गर्न सम्झौता भएको बताए ।

    `आउँदो सुखा यामको विद्युत् मागलाई मध्यनजर गरी स्वदेशी विद्युत् उत्पादन अपुग हुने र भारतको एक्सचेन्ज बजारमा मात्र निर्भर हुन नसकिने भएकोले ढल्केबर-मुजफ्फरपुर ४०० के. भी प्रसारण लाइनबाट २०० मेगावाट र टनकपुर-महेन्द्रनगर १३२ के.भी. प्रसारण लाइनबाट ३० मेगावाट रियल टाइम मार्केटबाट बिजुली आयात गर्ने गरी नेपाल विद्युत् प्राधिकरण र भारतको विद्युत् व्यापार कम्पनी एनभीभीएनबीच विद्युत् खरिद सम्झौतामा हस्ताक्षर भएको छ,´ विज्ञप्तिमा उल्लेख छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend