images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • क्रुज जहाजबाट फर्किएका फ्रान्सेली नागरिकमा देखियो...

क्रुज जहाजबाट फर्किएका फ्रान्सेली नागरिकमा देखियो हन्टाभाइरसका लक्षण

क्रुज जहाजबाट फर्किएका फ्रान्सेली नागरिकमा देखियो हन्टाभाइरसका लक्षण

images
images
सोमवार, बैशाख २८ २०८३
सोमवार, बैशाख २८ २०८३
  • पेरिस । हन्टाभाइरसको प्रकोप देखिएको क्रुज जहाजबाट फर्काइँदै गरेका एक फ्रान्सेली यात्रुमा सङ्क्रमणको लक्षण देखिएको फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुुले बताएका छन् । प्रधानमन्त्रीका अनुसार टेनेरिफबाट पेरिसतर्फ ल्याइँदै गरिएको चार्टर्ड उडानमा ती यात्रुमा लक्षण देखिएपछि एमभी होन्डिउस जहाजबाट उद्धार गरिएका पाँचै जना फ्रान्सेली नागरिकलाई अर्काे सूचना नभएसम्म कडा आइसोलेसनमा राखिएको छ । जहाज आइतबार बिहान क्यानरी टापुनजिक रोकिएको थियो । 

    images
    images

    त्यसपछि ९० भन्दा बढी पर्यटकलाई विभिन्न देशमा फर्काइएको हो । यस जहाजमा यात्रा गरेका तीन यात्रुको मृत्यु भइसकेको छ, जसमध्ये दुई जनामा हन्टाभाइरस पुष्टि भएको थियो ।फ्रान्सेली उडान पेरिसको ले बोर्जेट विमानस्थल विमानस्थलमा अवतरण गरेपछि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वास्थ्य अधिकारीहरूले यात्रुहरूलाई स्वागत गरेका थिए । त्यसपछि एम्बुलेन्समार्फत उनीहरूलाई अस्पताल लगिएको थियो । फ्रान्सको विदेश मन्त्रालयका अनुसार उनीहरूलाई ७२ घण्टा क्वारेन्टिनमा राखेर विस्तृत स्वास्थ्य परीक्षण गरिनेछ । त्यसपछि ४५ दिनसम्म घरमै सेल्फ–आइसोलेसनमा बस्नुपर्नेछ ।

    स्पेन फर्काइएका १४ जना स्पेनी नागरिकलाई म्याड्रिडस्थित सैनिक अस्पतालमा अनिवार्य क्वारेन्टिनमा राखिएको छ । बेलायतका नागरिकहरूलाई म्यानचेस्टर ल्याइएको छ । हालसम्म कुनै पनि बेलायती यात्रुमा लक्षण नदेखिए पनि बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीले उनीहरूको निगरानी गरिरहेको जनाएको छ । नेदरल्यान्ड्समा २६ यात्रु तथा चालक दलका सदस्य पुगेका छन्, जसमा आठ डच नागरिक छन् ।अमेरिकातर्फ गएको उद्धार उडानमा १८ जना थिए । अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार एक यात्रुमा हल्का लक्षण देखिएको छ भने अर्का एकजनामा हन्टाभाइरसको एंडीज स्ट्रेन पोजिटिभ देखिएको छ । सावधानीका रूपमा उनीहरूलाई “बायोकन्टेनमेन्ट युनिट” मा राखेर यात्रा गराइएको थियो । टर्की र आयरल्यान्डका नागरिकलाई पनि फर्काउने उडान तय गरिएको छ । बाँकी दुई उद्धार उडान सोमबार प्रस्थान गर्ने बताइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend