images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • हान्टा भाइरस प्रभावित जहाजका सबै यात्रु...

हान्टा भाइरस प्रभावित जहाजका सबै यात्रु उच्च जोखिममा

हान्टा भाइरस प्रभावित जहाजका सबै यात्रु उच्च जोखिममा

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • ब्रसेल्स । घातक हान्टाभाइरसको संक्रमण फैलिएको क्रुज जहाज एमभी होन्डियसका सबै यात्रुलाई सावधानीस्वरूप उच्च जोखिम सम्पर्कका रूपमा वर्गीकृत गरिएको छ । युरोपेली रोग रोकथाम र नियन्त्रण केन्द्र (ईसीडीसी)ले शनिबार वैज्ञानिक परामर्श जारी गर्दै यस्तो जनाएको हो । लक्षण नदेखिएका यात्रुहरूलाई नियमित व्यावसायिक उडानमार्फत नभएर विशेष व्यवस्था गरिएको यातायातमार्फत आफ्ना–आफ्ना देशमा फर्काइने र त्यहाँ उनीहरूलाई स्व–क्वारेन्टिनमा राखिने बताइएको छ ।देशहरूले आफ्ना नागरिकलाई उद्धार गर्ने तयारी गरिरहेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हालसम्म आठ जना बिरामी परेका छन्, जसमध्ये तीन जनाको मृत्यु भइसकेको छ । 

    images
    images

    मृतकमध्ये एक डच दम्पती र एक जर्मन नागरिक रहेका छन् । संक्रमितमध्ये छ जनामा भाइरस पुष्टि भएको छ भने अन्य दुई जनामा संक्रमणको आशंका गरिएको छ । ईसीडीसीका अनुसार जहाजबाट ओर्लिने बेला सबै यात्रुलाई उच्च जोखिममा राखिए पनि आफ्ना देश फर्किएपछि सबैलाई समान रूपमा उच्च जोखिममा राखिने आवश्यक नहुन सक्छ । लक्षण देखिएका यात्रुहरूलाई प्राथमिकताका साथ स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्न आग्रह गरेको छ । उनीहरूलाई अवस्थाअनुसार टेनेरिफमै आइसोलेसनमा राख्न वा चिकित्सकीय निगरानीसहित आफ्नै देश पठाउन सकिने जनाइएको छ । 

    सामान्यतया हान्टाभाइरस मुसाजस्ता जनावरबाट फैलिने गर्छ । तर दुर्लभ अवस्थामा यो मानिसबाट मानिसमा पनि सर्न सक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यद्यपि, यसको व्यापक संक्रमण फैलिने जोखिम भने कम रहेको बताइएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend