images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • द्वन्द्वपछि कतारको पहिलो तेल ट्यांकर स्ट्रेट...

द्वन्द्वपछि कतारको पहिलो तेल ट्यांकर स्ट्रेट अफ होर्मुज पार

द्वन्द्वपछि कतारको पहिलो तेल ट्यांकर स्ट्रेट अफ होर्मुज पार

images
images
आइतवार, बैशाख २७ २०८३
आइतवार, बैशाख २७ २०८३
  • तेहरान । कतारको तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको एउटा ट्यांकर स्ट्रेट अफ होर्मुज पार गर्दै पाकिस्तानतर्फ गएको छ ।जहाज निगरानीसम्बन्धी तथ्यांकले यसको पुष्टि गरेको हो । 'अल खराइतियात' नामक उक्त ट्यांकर इरान र अमेरिकाबिच फेब्रुअरीको अन्त्यदेखि सुरु भएको तनावपछि होर्मुज जलडमरू मध्य पार गर्ने कतारी स्वामित्व तथा सञ्चालनमा रहेको पहिलो ट्यांकर भएको जलयातायात विश्लेषकहरूले बताएका छन् ।

    images
    images

    आइतबार बिहान ४ बजे (ईटी समयअनुसार) उक्त जहाज  गल्फ अफ ओमान क्षेत्रमा रहेको बताइएको छ ।मरिन ट्राफिकका अनुसार जहाजले क्वेश्म टापु नजिक इरानद्वारा स्वीकृत उत्तरी मार्ग प्रयोग गर्दै होर्मुज पार गरेको थियो ।२ लाख घनमिटरभन्दा बढी तरल ग्यास बोक्न सक्ने अल खराइतियातले यस महिनाको सुरुमा रस लफान निर्यात केन्द्रबाट ग्यास लोड गरेको थियो । सामान्य अवस्थामा कतारले विश्वको झन्डै २० प्रतिशत एलएनजी आपूर्ति गर्ने गर्छ । तर हालको द्वन्द्वका कारण कतारको उत्पादन बन्द गरिएको तथा मुख्य ग्यास पूर्वाधारमा क्षति पुगेको बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend