images

२०८३ आश्विन १९ गते

images
images
images

आईएमएफले घटायो नेपालको आर्थिक वृद्धि प्रक्षेपण

आईएमएफले घटायो नेपालको आर्थिक वृद्धि प्रक्षेपण

images
images
मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • काठमाडौँःअन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा ४.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

    images
    images

    आईएमएफ तथा विश्व बैंक समूहको वार्षिक बैठक क्रममा अमेरिकाको वासिङटन डीसीमा सार्वजनिक ‘वल्र्ड इकोनोमिक आउटलुक’ ले यस्तो प्रक्षेपण गरेको हो ।गत अप्रिलमा आईएमएफले यो आर्थिक वर्ष २०२५ मा ५.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यसमा ३० आधार बिन्दूले घटाएको हो । यद्यपि, आईएमएफको प्रक्षेपण अझै पनि उत्साहप्रद नै छ ।

    विश्व बैंक तथा एसियाली विकास बैंकले यसअघि नै तुलनात्मक रूपमा आशावादी आर्थिक वृद्धिको प्रक्षेपण गरिहरेका बेला आईएमएफ पनि यो क्लबमा जोडिएको हो ।

    images
    images

    गत आव (२०२४) मा नेपालको आर्थिक वृद्धि ३.१ मात्रै भएको आईएमएफको प्रक्षेपण छ । त्यसअघि २०२३ मा २ प्रतिशत मात्रै वृद्धि थियो । २०२९ मा पनि ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण आईएमएफको छ ।

    मूल्यवृद्धिका मामिलामा भने नेपाल राष्ट्र बैंकको लक्ष्यसँग आईएमएफको प्रक्षेपण मिल्दो देखिन्छ । गत आव ५ प्रतिशत र आगामी आव २०२५ मा ५.४ प्रतिशत मूल्यवृद्धि हुने प्रक्षेपण आईएमएफको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend