images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • हान्टाभाइरस बोकेको क्रुज जहाजमा दुई भारतीय...

हान्टाभाइरस बोकेको क्रुज जहाजमा दुई भारतीय पनि समावेश

हान्टाभाइरस बोकेको क्रुज जहाजमा दुई भारतीय पनि समावेश

images
images
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौँ । डच क्रुज जहाज एमभी होन्डियसमा हान्टाभाइरस प्रकोपको खबरले विश्वलाई नै चिन्तित बनाएकाे छ । जहाजमा कुल १४९ जना फसेका छन् । रिपोर्टका अनुसार ती मध्ये दुई भारतीय चालक दलका सदस्यहरू पनि छन् । जहाज ओशनवाइड एक्सपिडिसनद्वारा सञ्चालित छ । हाल अफ्रिकाको केप भर्डे नजिकै लंगरमा छ । जहाजमा हान्टाभाइरसको प्रकोपका कारण अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ । मृतकहरूमा एक डच जोडी र एक जर्मन यात्री छन् । गम्भीर बिरामी भएका एक यात्रुलाई उपचारको लागि दक्षिण अफ्रिका पठाइएको छ । बाँकी सङ्क्रमितहरूको उपचार भइरहेको छ।

    images
    images

    कम्पनीले अब यात्रु र चालक दलको राष्ट्रियताको सूची जारी गरेको छ, जसमा कुल २३ जना समावेश छन् । पहिले, यस्तो विस्तृत जानकारी उपलब्ध थिएन । विवरणअनुसार सूचीमा दुई भारतीय चालक दलका सदस्यहरू छन्। उनीहरूको नाम, पद र स्वास्थ्य स्थिति खुलासा गरिएको छैन । डब्ल्यूएचओ र स्थानीय स्वास्थ्य अधिकारीहरूले स्थितिको निगरानी गरिरहेको बताइएको छ । हाल जहाजमा रहेका सबैलाई अलग्गै बस्न र सावधानी अपनाउन निर्देशन दिइएको छ ।

    १२ देशमा अलर्ट जारी

    images
    images

    डब्ल्यूएचओले क्यानडा, डेनमार्क, जर्मनी, नेदरल्याण्ड्स, न्यूजील्याण्ड, सेन्ट किट्स र नेभिस, सिंगापुर, स्वीडेन, स्विजरल्याण्ड, टर्की, बेलायत र अमेरिका गरी १२ देशका लागि अलर्ट जारी गरेको छ । यी देशका नागरिकहरू यात्राको सुरुमा दक्षिण एट्लान्टिक महासागरको दुर्गम ब्रिटिस क्षेत्र सेन्ट हेलेनामा ओर्लिएका थिए ।जनस्वास्थ्य उपायहरू तुरुन्तै र उचित रूपमा लिइएकाे थियाे । भाइरसको सङ्क्रमण फैलावट सीमित हुने अपेक्षा गरेको जेनेभामा एक मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले बताएका थिए। धेरै देशमा यात्रु र उनीहरूको सम्पर्कमा आएका मानिसको परीक्षण जारी रहेकोले थप सङ्क्रमित देखा पर्नसक्ने बताइएको छ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend