images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • इरानले गर्‍यो यूएईमाथि मिसाइल र ड्रोन...

इरानले गर्‍यो यूएईमाथि मिसाइल र ड्रोन आक्रमण

इरानले गर्‍यो यूएईमाथि मिसाइल र ड्रोन आक्रमण

images
images
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • आबुधाबी । संयुक्त अरब इमिरेट्सले इरानबाट मिसाइल र ड्रोन आक्रमण भइरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयले अरबी भाषामा जारी गरेको वक्तव्यमा देशभरि मिसाइल र मानवरहित हवाई साधन (यूएभी) विरुद्ध प्रतिकारात्मक कारबाही जारी रहेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार शुक्रबार बिहान देशका विभिन्न क्षेत्रमा विस्फोटजस्ता आवाज सुनिएको थियो । सुरक्षा निकायहरूले सर्वसाधारणलाई शान्त रहन र सम्बन्धित निकायबाट जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेका छन् ।

    images
    images

    यसअघि अप्रिल ९ मा अमेरिका–इरान युद्धविराम सुरु भएसँगै यूएईले आफ्नो हवाई क्षेत्र सुरक्षित रहेको घोषणा गरेको थियो । तर त्यसपछि पनि यूएईले इरानबाट आएका आक्रमणहरू अवरोध गर्दै आएको बताइएको छ । पछिल्ला दुई महिनामा इरानबाट भएका आक्रमणमध्ये सबैभन्दा धेरै आक्रमण यूएईले सामना गरेको जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend