images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • स्ट्रेट अफ होर्मुज खुलाउने प्रस्तावमा चीन–रुसको...

स्ट्रेट अफ होर्मुज खुलाउने प्रस्तावमा चीन–रुसको भिटो संकेत

स्ट्रेट अफ होर्मुज खुलाउने प्रस्तावमा चीन–रुसको भिटो संकेत

images
images
शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  • न्यूयोर्क । स्ट्रेट अफ होर्मुजमा जहाजहरूको आवागमन सहज बनाउन संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ल्याउन लागिएको प्रस्तावमा चीन र रुसले भिटो लगाउने संकेत गरेका छन् ।अमेरिका र बहराइनको नेतृत्वमा खाडी सहयोग परिषद् (जीसीसी) राष्ट्रहरूले समर्थन गरेको उक्त प्रस्तावमा समुद्री मार्गमा स्वतन्त्र आवागमन सुनिश्चित गर्नुपर्ने विषय समेटिएको छ ।

    images
    images

    कूटनीतिक स्रोतहरूका अनुसार, प्रस्तावको हालको मस्यौदामा अप्रत्यक्ष रूपमा इरानमाथि दबाब र प्रतिबन्धको संकेत गरिएको भन्दै चीन र रुस असन्तुष्ट बनेका हुन् । उनीहरूले युद्धको परिस्थिति सिर्जना गर्न अमेरिका र इजरायलको भूमिकालाई स्पष्ट रूपमा उल्लेख नगरिएको भन्दै आपत्ति जनाएका छन् ।‘अहिलेको स्वरूपमा प्रस्ताव मतदानमा गए भिटो हुनेछ,’ कूटनीतिक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    प्रस्ताव सुरक्षा परिषद्मा कहिले मतदानका लागि प्रस्तुत हुन्छ भन्ने अझै स्पष्ट छैन । यद्यपि हप्ताको सुरुतिर यसमाथि मतदान हुन सक्ने अनुमान गरिएको छ ।स्ट्रेट अफ होर्मुज विश्वको महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक मानिन्छ । यहाँ तनाव बढेपछि अन्तर्राष्ट्रिय तेल आपूर्ति र व्यापारमा असर पर्ने चिन्ता बढ्दै गएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend