images

२०८३ आश्विन १८ गते

images
images
images

बेरुत आक्रमणमा हिज्बुल्लाह कमाण्डर मारिएको दाबी

बेरुत आक्रमणमा हिज्बुल्लाह कमाण्डर मारिएको दाबी

images
images
बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • काठमाडौँ । लेबनानको राजधानी बेरुतमा गरिएको हवाई आक्रमणमा हिजबुल्लाहको विशेष रदवान फोर्सका एक कमाण्डर मारिएको इजरायलले दाबी गरेको छ। गत महिना भएको युद्धविरामपछि बेरुतमा गरिएको यो पहिलो इजरायली आक्रमण थियो। इजरायली सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा दक्षिणी बेरुत क्षेत्रमा गरिएको लक्षित हवाई आक्रमणमा हिज्बुल्लाहका एक वरिष्ठ कमाण्डर मारिएको भनिएको छ ।

    images
    images

     हिज्बुल्लाहले उक्त दाबीको तत्काल पुष्टि गरेको छैन । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र रक्षामन्त्री इजरायल काट्जले बुधबार संयुक्त वक्तव्य जारी गर्दै उक्त सैन्य कारबाहीको घोषणा गरेका थिए ।यो आक्रमणले हालै कायम भएको इजरायल–लेबनान युद्धविराममाथि नयाँ दबाब सिर्जना गरेको छ । युद्धविरामपछि बेरुतमा इजरायली आक्रमण रोकिएको भए पनि इजरायली सेना अझै पनि लिटानी नदीको दक्षिणी क्षेत्रमा तैनाथ छ।

    दक्षिण लेबनानमा निरन्तर हवाई तथा सैन्य कारबाही गरिरहेको छ । त्यसको प्रतिक्रियास्वरूप इरान समर्थित हिज्बुल्लाहले इजरायली सैनिकमाथि रकेट र सशस्त्र ड्रोन प्रहार गर्दै आएको बताइएको छ ।विश्लेषकहरूका अनुसार लेबनानमा कायम युद्धविराम व्यापक इरान–इजरायल तनाव नियन्त्रणको महत्त्वपूर्ण हिस्सा बनेको छ । तेहरान र वासिङ्टनबिच भइरहेको वार्तामा लेबनानमाथि इजरायली आक्रमण रोक्नु इरानको प्रमुख मागमध्ये एक रहेको बताइएको छ । त्यसैले बेरुतमा भएको पछिल्लो आक्रमणले वार्ताको वातावरणलाई समेत प्रभावित पार्न सक्ने आशङ्का गरिएको छ ।इजरायलले बुधबार लिटानी नदीको उत्तरतर्फ रहेका केही गाउँका बासिन्दालाई तत्काल क्षेत्र खाली गर्न चेतावनी दिएको थियो । यसलाई इजरायली सैन्य कारबाहीको दायरा विस्तार गर्ने संकेतका रूपमा हेरिएको छ । 

    images
    images

    यसैबिच लेबनान र इजरायलबिच वार्ता जारी रहे पनि ती वार्ताहरू मुख्यतः राजदूतस्तरमै सीमित रहेका छन् । लेबनानी प्रधानमन्त्री नवाफ सलामले बुधबार उच्चस्तरीय इजरायल–लेबनान बैठकबारे चर्चा गर्न अहिले हतार हुने बताएका छन् । परिस्थिति अझै संवेदनशील रहेको र तनाव कम गर्ने प्रयास जारी राख्नुपर्ने उनले बताएका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend