images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • गोप्य स्वास्थ्य अभिलेख बुझाउन क्यान्सर अदालतद्वारा...

गोप्य स्वास्थ्य अभिलेख बुझाउन क्यान्सर अदालतद्वारा नेतन्याहुलाई आदेश

गोप्य स्वास्थ्य अभिलेख बुझाउन क्यान्सर अदालतद्वारा नेतन्याहुलाई आदेश

images
images
बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुविरुद्ध दायर मानहानी मुद्दाको सुनुवाइका क्रममा इजरायलको केन्द्रीय जिल्ला अदालतले प्रधानमन्त्री नेतन्याहूलाई आफ्नो स्वास्थ्यसम्बन्धी गोप्य अभिलेख अदालतमा पेश गर्न आदेश दिएको छ । अदालतले विशेष रूपमा हालै उपचार गरिएको प्रोस्टेट क्यान्सर कहिले पत्ता लागेको थियो भन्ने विवरण पनि बुझाउन भनेको छ । न्यायाधीश मेनकेम मिज्राचीले उक्त आदेश पत्रकारहरु उरी मिसगाभ, बेन क्यास्पिट तथा नेतन्याहूका आलोचक गोनेन बेन यित्जाकविरुद्ध नेतन्याहूले दायर गरेको मानहानि मुद्दाको सन्दर्भमा दिएका हुन् । ती तीनजनाले सन् २०२४ मा सार्वजनिक रूपमा नेतन्याहू गम्भीर बिरामी रहेको दाबी गरेका थिए, जसलाई लिएर प्रधानमन्त्रीले कानुनी कारबाही अघि बढाएका थिए । यसै साता पत्रकार मिस्गाभले अदालतसमक्ष नेतन्याहूको चिकित्सकीय टोलीका प्रमुख डा. त्ज्भी बर्काेभिट्ज तथा उनको प्रोस्टेट क्यान्सर उपचार टोलीका प्रमुख प्रोफेसर एरोन पोपोभ्जरलाई अदालतमा साक्षीका रूपमा बोलाउन माग गरेका थिए ।

    images
    images

    गत महिना नेतन्याहूले पहिलो पटक आफूलाई प्रोस्टेट क्यान्सर भएको र उपचार गराइएको सार्वजनिक गरेका थिए । अदालतले नेतन्याहूलाई अद्यावधिक स्वास्थ्य अभिलेख अदालतमा बुझाउन निर्देशन दिएको छ । ती कागजातहरू गोप्य राखिने र सार्वजनिक नगरिने जनाइएको छ । साथै न्यायाधीशले डा. बेरकोभिट्जलाई हस्ताक्षरित पत्रसमेत बुझाउन आदेश दिएका छन्, जसमा नेतन्याहूको वर्तमान स्वास्थ्य अवस्था र उनको प्रोस्टेट क्यान्सर पहिलो पटक पत्ता लागेको समय समावेश हुनुपर्ने उल्लेख छ । अदालतले नेतन्याहूलाई मे १३ भित्र स्वास्थ्य अभिलेख बुझाउन समय दिएको छ । न्यायाधीश मिज्राचीले नेतन्याहू स्वयंले अदालतमा बयान दिएपछि मात्रै डा. बेरकोभिट्ज र प्रोफेसर पोपोभ्ट्जरलाई साक्षीका रूपमा बोलाउने वा नबोलाउने निर्णय गरिने पनि बताएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend