images

२०८३ आश्विन १८ गते

images
images
images

रुसबाट आएका दुई ड्रोन लाट्भियामा दुर्घटनाग्रस्त

रुसबाट आएका दुई ड्रोन लाट्भियामा दुर्घटनाग्रस्त

images
images
बिहिवार, बैशाख २४ २०८३
बिहिवार, बैशाख २४ २०८३
  • रिगा । रुसबाट आएका दुई ड्रोन आफ्नो भूभागमा प्रवेश गरेर खसेको लाटभियाको सेनाले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार, तीमध्ये एउटा ड्रोन रेजेक्नेस्थित तेल भण्डारण केन्द्रमा खसेको थियो । उक्त क्षेत्र रुसको सीमाबाट करिब ४० किलोमिटर टाढा पर्छ ।सरकारी टीभी च्यानल एलएसएमले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार, घटनास्थलमा आगलागी भए पनि दमकल टोली पुग्दासम्म आगो निभिसकेको थियो । घटनापछि लाट्भियाली अधिकारीहरूले बिहीबार बिहान ४ः०९ बजे रुससँग सीमा जोडिएका क्षेत्रका बासिन्दालाई ड्रोन सतर्कता सूचना जारी गर्दै घरभित्र बस्न आग्रह गरेका थिए ।

    images
    images

    रेजेक्ने नगरपालिकाले बिहीबारका लागि सबै विद्यालय बन्द गरिएको जनाएको छ । यसअघि मार्च अन्त्यतिर पनि युक्रेनबाट उडेका केही ड्रोन लाट्भिया तथा छिमेकी देशहरु इस्टोनिया र लिथुआनियामा खसेका थिए । तीमध्ये एउटा ड्रोन स्थानीय विद्युत् केन्द्रको चिम्नीमा ठोक्किएको थियो भने अर्काे जमेको तालमा खसेर विस्फोट भएको थियो । ती ड्रोनहरू रुसभित्रका सैन्य लक्ष्यमा आक्रमण गर्न पठाइएको अनुमान गरिएको थियो । तीनै बाल्टिक देशहरूले अप्रिलमा आफ्नो भूमि वा हवाई क्षेत्रलाई रुसविरुद्ध ड्रोन आक्रमणका लागि प्रयोग गर्न नदिने स्पष्ट पारेका थिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend